चितवन, चितवनमा १० करोडको लागनीमा प्राङ्गारिक मल उद्योग सञ्चालनमा आएको छ । नारायणी नगरपालिकास्थित जगतपुरमा उक्त उद्योग सञ्चालनमा आएको हो ।
‘युनिक बायोटेक अर्गानिक प्रालि’ले आफ्नो उद्योगबाट उत्पादन सुरु गरेको छ । उत्पादन गरिएको धुलो मल बजारमा पु¥याइसकेको र दानादार मल तथा झोल मल एवम् जैविक विषादी उत्पादन भए पनि परीक्षणकै क्रममा रहेको उद्योगका अध्यक्ष हरिप्रसाद मरहट्ठाले जानकारी दिए ।
\'मन्त्रालयले अनुमति दिएपछि जैविक विषादी बजारमा ल्याउँछौँ\' उनले भने । उद्योगको उत्पादन क्षमता वार्षिक ५० हजार मेट्रिक टन छ । यहाँ उत्पादन भएको मल २६ जिल्लामा जाने गरेको छ ।
करिब तीन बिगाह क्षेत्रफलमा सञ्चालनमा आएको उद्योगमा रु चार करोडका मेसिन उपकरण रहेका छन् । रु दुई करोड सरकारले अनुदान दिएको उद्योगका महाप्रबन्धक वासुदेव आचार्यले जानकारी दिए । बढ्दो विषादी र रासायनिक मलको प्रयोगका कारण माटोको शक्ति कमजोर भई अम्लीयपना बढेकाले यसको न्यूनीकरणका लागि यस्ता उद्योग आवश्यक भएको कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गाप्रसाद दवाडीले बताए ।
उद्योगी व्यवसायीलाई यस्ता उद्योगमा प्रोत्साहनका लागि सरकारले यन्त्र उपकरणमा ५० प्रतिशत अनुदान दिन थालेको उहाँले बताउनुभयो । अनुदान दिइएका २१ उद्योग मध्ये यो सबैभन्दा ठूलो उद्योग भएको दवाडीको भनाइ छ ।
अहिलेसम्म १७ उद्योग सञ्चालनमा रहेको र रु नौ करोड अनुदान सहयोग भइसकेको उनले जानकारी दिए । यो मल प्रयोग गरे माटोको शक्ति बढ्ने र उत्पादनमा समेत वृद्धि हुने विज्ञहरुले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: