Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

भारत–पाकिस्तान विभाजनको ७० वर्षे इतिहास

\"\"भारत र पाकिस्तानले आ–आफ्नो स्वतन्त्रताको ७० वर्ष मनाउँदै गर्दा एन्ड्रयु ह्वाइटहेडले ब्रिटिश इण्डियाको विभाजनले अहिलेसम्म पारिरहेको प्रभाव, र दुई मुलुकको जन्मसँग जोडिएको उथलपुथल र चोटबारे चर्चा गर्दैछन् । दिल्लीबाट इस्लामावाद जम्मा ७०० किलोमिटर टाढा छ–लण्डन र जिनिभाबीचको दूरीभन्दा पनि कम । उड्डयन दृष्टिले यो एकदमै छोटो यात्रा हो । तर तपाईँ भारतीय राजधानीबाट पाकिस्तानी राजधानीसम्म सीधा यात्रा गर्न सक्नुहुन्न । यी दुई राजधानीबीच सीधा उडान छैनन् । यो, सात दशकयताको आपसी आशंका र तनावको एउटा सानो उदाहरण मात्रै हो । एउटा उदाहरण हेरौंः क्रिकेट भारत र पाकिस्तान केही साताअघि च्याम्पियन्स् ट्रफीको उपाधिका लागि भिडेका थिए । दुवै देशमा क्रिकेट असाध्यै लोकप्रिय छ । \"\" तर त्यो खेल दक्षिण एसियामा नभइ लण्डनमा भएको थियो । भारत र पाकिस्तान एकअर्काको भूमिमा क्रिकेट खेल्दैनन् । तथापि उनीहरु संसारका विभिन्न भागमा एकदिवसीय प्रतिस्पर्धामा उत्रिएका छन् । संस्कृति र इतिहास मिल्दोजुल्दो भएको भएपनि उनीहरु केवल प्रतिस्पर्धी मात्रै होइनन्, दुश्मन झैं छन् । भारत र पाकिस्तानले स्वतन्त्रता पाएको ७० वर्षमा उनीहरुले तीनवटा युद्ध लडिसकेका छन् । कति चाहिँ चार वटा भन्छन् तर सन् १९९९ मा जब ती दुई मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन । भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । यसका कारण दुवै मुलुकले आ–आफ्नो पारमाणविक अस्त्र विकास गरेका छन् । यो असजिलो तनाव क्षेत्रीय विवादभन्दा बढी जस्तो देखिन्छः यो बृहत खतराले भरिएको छ । भारत र पाकिस्तानले एकै समयमा स्वतन्त्रता पाए । भारतमाथिको ब्रिटिश शासन सन् १९४७ अगस्ट १५ मा समाप्त भयो । महिनौं लामो राजनीतिक गतिरोधपछि ब्रिटेनले मुलुकलाई दुई भागमा विभाजन गर्ने सहमति जनायो । [caption id=\"attachment_146014\" align=\"alignleft\" width=\"750\"]\"\" भारतका राष्ट्रवादी नेता जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इण्डियाका भाइसरोय लर्ड लुई माउण्टब्याटेन(बीचमा) र अल इण्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह (दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै ।[/caption] ठूलो संख्यामा रहेका मुसलमान अल्पसंख्यकहरु हिन्दु बाहुल्य भारतमा अप्ठ्यारोमा पर्न सक्ने भन्ने चिन्ता सम्बोधन गर्न छुट्टै र मूलतः मुसलमान राष्ट्र पाकिस्तान सिर्जना गरियो । पञ्जाब र बंगालजस्ता भारतका सबैभन्दा ठूला प्रान्त पनि विभाजनमा परे । स्वतन्त्रताको दुई दिनपछि मात्रै नयाँ अन्तर्रा्ष्ट्रिय सिमाना कहाँ पर्छ भन्ने विस्तृत खाका सार्वजनिक गरियो । भारत–पाकिस्तान विभाजनले आधुनिक समयको सबैभन्दा ठूलो संकट निम्त्यायो । कसैलाई संख्या यकीन छैन तर करिब १ करोड २० लाख मानिस शरणार्थी बनेको बताइन्छ । एउटा पीडादायी रक्तपातमा मुख्य-मुख्य समुदायका व्यक्तिहरु दुवै आक्रमणकारी र पीडित थिए । ५ लाखदेखि १० लाख मानिस मारिएको हुनसक्ने अनुमान गरिएको छ । यसका लागि कसैलाई जिम्मेवार पनि बनाइएन । मेलमिलाप प्रक्रिया पनि भएन । तर के भएको थियो भन्ने विषय लामो समयसम्म मौनतामै हरायो । के भएको थियो भन्नेबारे चलचित्र र साहित्यमा प्रतिविम्बित भयो । इतिहासविद्हरु शुरुमा विभाजन वरपरको राजनीतिमा केन्द्रित भए । धेरैपछि मात्रै उनीहरु मानिसहरुले विभाजनताका भोग्नुपरेको पीडामा केन्द्रित भए । \"\" विभाजनले भारत र पाकिस्तानको सम्बन्ध विषाक्त बनायो र समग्र दक्षिण एसियाको भूराजनीतिलाई असर पार्यो । सन् १९७१ मा भारतीय सेनाको सहयोगमा पूर्वी पाकिस्तानले स्वतन्त्रता पायो । अर्को नयाँ मुलुक बांग्लादेशको जन्म भयो । भारत र पाकिस्तान स्वतन्त्रतापछिको अर्को समस्या कश्मिर थियो । मुसलमान बाहुल्य उक्त राज्यका महाराजा, जो हिन्दु थिए, उनले कश्मिर भारतको अंश हुनुपर्ने निर्णय गरे । केही महिनामै भारतीय र पाकिस्तानी फौज कश्मिरको नियन्त्रणका लागि लडाइँमा उत्रिए । उक्त जटिल द्वन्द्व अहिलेसम्म पनि समाधान भएको छैन र अरु विषयभन्दा यसले दुई मुलुकबीचको सम्बन्धलाई बढी सताएको छ । भारतीय शहरहरुमा आतंकवादी शैलीमा हुने गरेका आक्रमणहरुमा संलग्न अतिवादी संगठनहरुलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ । \"\" पाकिस्तानले पनि बलुचिस्तानमा भएका पृथकतावादी गतिविधिलाई भारतले साथ दिएको बताउने गर्छ । दुवै देशका नेताहरुले समयसमयमा भेटघाट गरेका छन् । सम्बन्धमा सकरात्मक मोड आउन लागेको बेलाबेलामा आशाहरु पनि जागे । तर अहिले भने सम्बन्ध निकै चिसो छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies