Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

करोडौं ठगे फाेरम नेताले !

काठमाडौ, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य हस्तबहादुर विश्वकर्मामाथि करोडौं ठगीको आरोप लागेको छ । ठगीमा परेका भनिएका ‘पीडित’ हरुले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर कम्पनी, सवारी साधन खरिद, भाडामा प्रयोग, ठेक्काका काम नगरी रकम लिएको र नगद लिएर ब्यालेन्स नभएका बैंकको चेक दिएको, पैसा माग्न जाँदा उल्टै मुद्दा लगाउने र कुटपिट गर्ने सम्मको व्यवहार नेता श्विकर्माले गरेको आरोप लगाएका छन् । ‘पीडित’ पदम श्रेष्ठले पत्रकार सम्मेलनमा विश्वकर्माले आफूसँग तीन लाख रुपैयाँ लिएर केही समयपछि तीन लाख बाह्र हजारको चेक दिए पनि त्यो ‘बाउन्स’ भएको बताए । विश्वकर्माबाट उक्त रकमको भुक्तानी आफूले अहिलेसम्म पाउन नसकेको उनले बताए । १० लाख रुपैयाँमा खरिद गरेको सुप्रिम अटो इन्जिनियरिङ प्रालिका पुराना मालिक विनोद थापालाई कैलाश विकास बैंकको ७ लाख ३९ हजार र एभरेष्ट बैंकको ३ लाख १२ हजारको चेक दिएकोमा ती पनि ‘बाउन्स’ भएपछि विश्वकर्माले नै उल्टै रकम दिए पनि चेक फिर्ता नगरेको भन्दै अदालतमा मुद्दा हालेको र रडले हानेर ज्यान मार्ने प्रयास गरेको समेत उनले बताए । सरस्वती शिक्षा सदन सेकेण्डरी स्कुलको भवन निर्माणका लागि लिएको ७ लाख ५० हजार रुपैयाँ विश्वकर्माले राजनीतिक शक्तिको आडमा काम नगरी खाइदिएको, एन्टिक भादगाँउ सेकेण्डरी स्कुलको टहरा निर्माणको लागि लिएको ३ लाख रुपैयाँ पनि फिर्ता नदिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी काभ्रेका काशिनाथ तिमिल्सिनाको गाडी भाडामा लगेर अहिलेसम्म पैसा वा गाडी केही नफर्काएको, पवन मदिकर्मीको गाडी लगेर ४ लाखको चेक दिए पनि  ‘बाउन्स’ भएको, मधुसूदन अर्यालको ट्रिपर २२ लाखमा खरिद गरेर दिएको चेक पनि ‘बाउन्स’ भएको, राजकाजी श्रेष्ठको जेनरेटर लगेर भुक्तानी नदिएको, बिकी हार्डबेयरको समान लगेर रकम नदिएको, सिन्धुपाल्चोकका राजन घतानी र रमेश घतानीको काम गरेको ५० हजार नदिएको आरोप समेत पत्रकार सम्मेलनमा विश्वकर्मामाथि लगाइएको छ । पीडितहरुले आफू फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारको दाहिने हात भएको भन्दै सर्वसाधारणलाई डर–धाक देखाई अरु सयौंको रकम झ्वाम पारेको समत दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE