Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

कल बाइपास गरेका पाँच अपराधीलार्इ प्रहरीले गर्यो सार्वजनिक

\"\"बनेपा । अवैध कल बाइपास गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित गोदामचोकबाट विभिन्न उपकरणसहित पक्डिएका पाँच जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद टिपी लिङकको राउटर, एनटिसीको राउटर, माइक्रो मोडियम युएसपी, युएसपी मोडियम, केभिन होम युएसपी, स्मार्ट सोलार डिप ब्याट्री, स्मार्ट टेलको सिमकार्ड, एचपिको पेन ड्राइभ, एनसेलको सिमकार्ड दुई थान, मल्टिप्लग, ६४ पोर्टको भिओआइपी गेट ओए दुई थान र एसर कम्पनीको ल्यापटप जिल्ला प्रहरी कार्यालयले आज धुलिखेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । पक्डिएका म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बस्ने २९ वर्षीय केशवराज पौडेल, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेका २२ वर्षीय विकास लामा, सोही गाउँपालिका–८ सिपाली चिलाउनेका ३२ वर्षीय विनोदकुमार मैनाली, जिल्लाको चौरी देउराली गाउँपालिका–४ निवासी २४ वर्षीय सुजन तामाङ र दोलखाको फूस्कु गाउँपालिकाका २४ वर्षीय अवि थापालाई सार्वजनिक गरिएको हो । प्रहरी उपरीक्षक सहदेव थापाका अनुसार पक्राउ परेकामध्ये मैनाली विसं २०७० असोज १४ गते त्यही प्रकृतिको मुद्दामा तीन वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् । यसअघि पनौतीमा पनि प्रहरीले अवैध भिओआइपी सञ्चालन गरेका दुईजनालाई पक्राउ गरेको थियो । प्रहरी उपरीक्षक थापाले भिओआइपी अपराधमा भारतीय नागरिकको समेत संलग्नता रहेको र भारत हैदरावादका रवितलास शिलाले यस अपराध कर्मको नेतृत्व गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ती अपराधी अहिले फरार छन् । पक्राउ परेका सबैलाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ को ५ बमोजिम बिगो बराबर जरिवाना वा पाँच वर्ष कैद वा दुबै सजाय हुनसक्छ । लामो समयको अनुसन्धानपछि विशेष सुराकीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय, बनेपाको संयुक्त टोलीले बनेपा–७ गोदामचोकस्थित चन्द्रमाया लामा घरबाट उनीहरुलाई सोमवार पक्राउ गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending