Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

श्रीमानको मृत्युपछि चुल्होचौको छाडेर पुनःनिर्माणमा होमिए एकल महिला

\"\"गोरखा । श्रीमान् सुकबहादुर चेपाङको अल्पायुमै गत कात्तिकमा निधन भएपछि गोरखाको गण्डकी गाउँपालिका मकैसिङस्थित कोलडाँडाकी ३४ वर्षीया चन्द्रा चेपाङ आफैँ घर बनाउने डकर्मी काममा सक्रिय हुन थालेकी छिन् । श्रीमान्, श्रीमतीको कमाइले जसोतसो हातमुख जोर्दै आएको चेपाङ परिवारमा सुकबहादुरको निधनपछि आम्दानी स्वाट्टै घट्यो । दुई छोरा र एक छोरीलाई लालनपालनदेखि शिक्षादीक्षामा समस्या आइपर्यो । “बिहान खाए बेलुकी के खाने रु बेलुकी खाए भोलिपल्ट बिहान के खाने रु संकट आइप¥यो”, बितेका कुरा स्मरण गर्दै चन्द्राले भनीन्, “श्रीमान्को अभावमा परिवार धान्न मुस्लिक पर्दै गएपछि जे आइपर्छ त्यही काम गर्न थालें । पहिले माटो मुछ्ने काम गर्थें, अहिले घरको गारो लगाउने काम पनि गर्छु ।” तीन कक्षा पढेर विद्यालय छाडेकी चन्द्राले आफ्ना छोराछोरीलाई गतिलो विद्यालयमा पढाउने योजना राखेकी छिन् । अर्थ अभावले समयमा खान, मौसम अनुसारका कपडा लगाउन तथा कापी–कलम जुटाउन नसक्दा छोराछोरीको विद्यालय जाने क्रम नियमित छैन । घर बनाउने काम हत्तपत्त महिलालाई दिँदैनन् । घर बनाउने ठेक्का लिन सक्ने आँट आफूमा नभएको बताउँदै चन्द्राले भनीन्, “भूकम्पले गाउँलेका घर भत्किएको छ । सबैले नयाँ, नयाँ घर बनाउन शुरु गरेका छन् तर भनेका बेला काम पाइँदैन । पाएसम्म पुरुष कामदार खोजेर काम लगाउँछन् ।” पुरुष कामदारसरह नै काम गरेको भए पनि समान ज्याला नपाइने गुनासो चन्द्राको छ । उनले भनिन्, “दिनभर मरिमेटेर काम ग¥यो रु १५०¬–२०० भन्दा धेरै ज्याला पाइँदैन । त्यही काम पुरुषले गर्दा रु ५०० भन्दा धेरै खान्छन्, ज्यालामा विभेद हटाउन कसैले सकेनन् ।” भूकम्पले धेरै घर भत्काएपछि अब बलियो घर बनाउनुपर्छ भन्दै घरधनीले तालीम लिएका कामदारलाई मात्रै घर पुनःनिर्माणमा लगाउने गरेका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूह गोरखाले उपलब्ध गराएको ५० दिने डकर्मी तालीम लिएकी चन्द्राले पनि भूकम्प प्रतिरोधी घर बनाउन सक्छीन् । उनले भनीन्, “ढुङ्गा, माटो र काठका जोडाइले बनाइने घर कसरी बलियो बनाउने भन्ने राम्रोसँग ज्ञान छ । काम गर्नका लागि सामग्रीहरु पनि छ । गल, घन, चुच्चे, साबेल, टेप, हेल्मेटलगायत १६ प्रकारका सामान संस्थाले नै सिट्टैमा दिएको छ ।” बलियो घर बनाउन सैद्धान्तिक र प्रयोगात्मक सीप प्राप्त उहाँजस्तै शहीदलखन गाउँपालिका र गण्डकी गाउँपालिकाका ५० जना एकल महिला चुल्होचौकाको काम छाडेर जीवनसँग सङ्घर्ष गर्दै पुनः निर्माणका काममा होमिएका छन् । गण्डकी गाउँपालिकाकी निरमाया श्रेष्ठले आफूहरु घर निर्माणका काममा होमिएको बताउँदै भनीन्, “तालीम नलिँदा पनि घर बनाउने काममा सक्रिय थियौँ । तालीम लिएपछि अब घर बनाउने काम गर्दै हिँड्ने हो । जहाँ काम छ त्यही काम गर्न जान्छौँ, कमाएर परिवार पाल्नु छ ।” श्रीमान्को निधनपछि ‘रातो कपडा’ लगाउन नदिने विभेदयुक्त नेपाली समाजमा महिलाले पनि घर बनाउन सक्छन् भनेर देखाउनुपर्ने एकल महिला बताउँछन् । एकल महिला पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने उदाहरणीय काम गर्ने उनीहरुले बताए । युएन ओमनको आर्थिक सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूह ९डब्लुएचआर० गोरखाले तीनवटा समूह बनाएर मकैसिङ, ताङ्लीचोक, घैरुङ, बुंकोटलगायत साबिक छवटा गाविसका एकल महिलालाई डकर्मी तालीमका साथै १६ प्रकारका औजार निःशुल्क उपलब्ध गराएको संस्थाकी सचिव मीना अधिकारीले जानकारी दिइन् । ५० जना महिलालाई ५० दिने डकर्मी तालीम दिँदा संस्थाले रु २९ लाख खर्च गरेको संस्थाका कार्यक्रम संयोजक धर्म बजगाईंले बताइन् । ५० जनालाई यातायात खर्च र एकेक थान गल, घन, घण्टी, छिनु, हेल्मेट, पन्जा, साबेल, कोदालो, मार्तोललगायत पुनः निर्माणमा आवश्यक पर्ने सामग्री वितरण गरिएको संस्थाकी अध्यक्ष सरिता ढकालले जानकारी दिइन् । उनले भनीन्, “एकल महिलालाई चुल्होचौकाबाट ओराले दक्ष जनशक्ति उत्पादन गरेका छौँ । अब यी जनशक्तिले घर निर्माण गर्नुपर्छ र जनशक्ति अभाव परिपूर्ति गर्नुपर्छ ।” तालीम लिएका ५० जना महिलाले कस्तो सीप जाने भन्नेबारे सिटिइभिटीबाट सीप परीक्षा लिइएको ढकालले बताइन् । उनले भनीन्, “साउन १२ देखि १६ गतेसम्म सिटिइभिटीका प्राविधिकहरु आएर एकल महिलाले सिकेका सीपबारे परीक्षा लिएर गएका छन् । करिब एक महिनापछि प्रमाणपत्र आउँछ ।” तालीम प्राप्त जनशक्तिलाई गाउँपालिका क्षेत्रभित्र घरहरु पुनःनिर्माणको काममा सक्रिय बनाउन गाउँपालिका अध्यक्ष रमेश थापालाई सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले आग्रह गरिन् । कामदारको अभावले पुनःनिर्माणको काम ढिलाइ भएको प्रति लक्षित गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय गोरखाका प्रमुख राजेन्द्र कार्कीले उत्पादित दक्ष जनशक्ति बिना हिचकिचहबाट पुनःनिर्माणका काममा सक्रिय हुनुपर्ने बताए । भूकम्पपछि विभिन्न सङ्घसंस्थाले करिब पाँच हजार जना दक्ष जनशक्ति उत्पादन गरेको तथ्याङ्क रहे पनि गाउँमा कामदारको अभाव हटेको छैन । पछिल्लो समय पुरुषसरह महिला पनि घर पुनः निर्माणका काममा सक्रिय हुँदै गएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending