Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

अमेरिकी नागरिकलाई उत्तर कोरिया जानमा प्रतिबन्ध

\"\"वासिङटन । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा नयाँ प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यसअघि पनि अमेरिकीलाई उत्तर कोरिया जान सहज त थिएन तर जानै नपाइनेगरी प्रतिबन्धात्मक व्यवस्था पनि लगाइएको थिएन । तर पछिल्लो समयमा उत्तर कोरियामा अमेरिकी नागरिक असुरक्षित रहेको निष्कर्ष अमेरिकी विदेश मन्त्रालयले निकालेकोले यात्रामा प्रतिबन्ध लगाइएको बताइएको छ । यसअघि एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियामा पक्राउ गरी लामो समय जेलमा राखिएको घटनाप्रति अमेरिकाले कडा विरोध गर्दै अमेरिकी नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने बताउदै आएको थियो । उसको यो नयाँ नियम आगामी सेप्टेम्बर १ देखि सुरु हुने बताइएको छ । उत्तर कोरियामा अमेरिकी नागरिकलाई पक्राउ गर्नसक्ने खतरा रहेको भन्दै अमेरिकाले सो घोषणा गरेको हो । एकजना २२ बर्षीय अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले प्योङयाङमा नियन्त्रणमा लिएको थियो । उनलाई एक बर्षभन्दा लामो समयदेखि जेलमा राखिएको थियो । पछि उनलाई जेलमुक्त गरेको भए पनि उनको निधन भएको थियो । यो नयाँ प्रतिबन्ध कम्तीमा पनि एक बर्षसम्म जारी रहने छ । यस अवधिमा उक्त निर्णयको अवस्था हेरेर पछि अर्काे निर्णय गर्नपनि सकिने बताइएको छ । उक्त नयाँ नियम अनुसार कुनै पनि अमेरिकी नागरिकले उसँगको राहदानीबाट उत्तर कोरियाको भ्रमण गर्न पाउने छैन । उसले उत्तरको भ्रमणका लागि अर्काे एक विशेष कागजात प्राप्त गर्नुपर्ने छ । पछिल्लो समयमा उत्तर र दक्षिण कोरिया एवम् संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचमा ठूलो बिबाद जारी रहेको छ । उत्तर कोरियाले गरेको आणविक क्षेप्यास्त्र परीक्षणबाट उत्तर कोरियामाथि अमेरिका र संयुक्त राज्य अमेरिकाले नाकाबन्दी पनि लगाएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies