Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

लाभग्राही सूचीमा नपरेका भूकम्प पीडितको पुनः सर्वेक्षण गरिँदै

[caption id=\"attachment_70416\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] नुवाकोट । भूकम्पको कारण आवास गुमाएको तर, लाभग्राही सूचीमा नपरेका जिल्लाका भूकम्पपीडितको पुनः सर्वेक्षण तथा पुनः जाँच गर्न लागिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण आवास क्षति बेहोरेका तर इञ्जिनियरले संकलन गरेको लगतको आधारमा सार्वजनिक भएको लाभग्राही सूचीमा नाम समावेश नभएकाको गुनासो सम्बोधन गर्न यही साउन २५ गतेदेखि पुनः प्राविधिक परिचालन गर्न लागेको हो । पुनः सर्वेक्षण र पुनः जाँचका लागि वडाध्यक्ष संयोजक रहने वडास्तरीय गुनासो व्यवस्थापन समितिको नेतृत्वले लगत लिनेछ । वास्तविक पीडितलाई समावेश गराएर सहयोग पु¥याउन पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले बुधबार जिल्लाका स्थानीयतहका प्रतिनिधिसँग छलफल गरेको थियो । भूकम्पको कारण आवास गुमाएको तर, आवास निर्माण गर्न रु तीन लाख अनुदान सहयोग पाउने लाभग्राही सूचीमा नपरेकाले दर्ता गराएको छुट गुनासोदेखि छुट पीडित सबैको लगत संकलन गर्न यही साउन २५ गतेदेखि प्रत्येक स्थानीयतहमा लगतको पुनः जाँच तथा पुनः सर्वेक्षण गर्न लागेको पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए । आवास क्षति भएका तर लाभग्राहीमा नपरेका घरधनीले प्राविधिक परिचालन भएको समयमा आफ्नो घरको जाँच गराउन स्वयम् उपस्थित हुनुपर्ने उहाँले बताए । पुनः लगत संकलन गर्न नुवाकोटका लागि पुनः निर्माण प्राधिकरण केन्द्रबाट १६ जना इञ्जिनियर परिचालन भएका छन् । उनीहरुलाई जिल्ला समन्वय समितिको मातहतमा रहेका सामाजिक परिचालकले सहयोग पु¥याउने छन् । पुनः सर्वेक्षणका लागि ‘पुनः निर्माणसम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७४’ अनुसार लगत संकलन शुरु गरी एक महिनामा सबैलाई समावेश गर्ने लक्ष्य लिएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताए । बैठकमा सहभागी बाह्रैवटा स्थानीयतहका प्रमुख, उप्रप्रमुख, वडाध्यक्ष तथा कार्यकारी अधिकृतले सामूहिक जमानी र धितो जमानीमा दिने ऋण, भूकम्प प्रभावितले निर्माण गरेका आवास भूकम्प प्रतिरोधी मापदण्डमा समावेश नभएकाको समस्या समाधान, जोखिम क्षेत्रका बस्तीको पहिचान र उनीहरुको स्थानान्तरण, विस्थापितको पुनः स्थापना, सुकुम्वासी तथा भूमिहीनलाई जग्गा खरिद गर्न रु दुई लाख रुपैयाँ नगद उपलब्ध गराउने प्रक्रिया कार्यान्वयन गराउन ध्यानाकर्षण गराएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending