Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

ओलीले यसरी हकारे प्रधानमन्त्रीलाई

काठमाडौं, संविधान निर्माणमा अग्रसरता नदेखाउँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले हकारेपछि प्रधानमन्त्री सुशील कोइराला संविधान जारी गर्ने मिति तोक्न तयार भएको खुलासा भएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ–प्रधानमन्त्रीे संविधान निर्माणमा अग्रसरता नदेखाएपछि चैतको अन्तिम आइतबार बालुवाटार पुगेर ओलीले ‘मुलुकलार्य संविधान दिने बाचाका साथ एमालेले तपाईंलाई प्रधानमन्त्री बनाएको हो । तर, तपाईंको ध्यान छिटो संविधान बनाउनेतिर देखिएन । \'प्रधानमन्त्री ज्यू तपाईंलाइ संविधान बनोस् भन्ने लागेकै छैन की के हो ?’ ओलीको तीव्र असन्तुष्टी र आक्रोशमा प्रधानमन्त्रीले भने, ‘म पनि संविधान बनोस् भन्ने चाहन्छु । तर, विपक्षीलाई पनि मिलाएर लैजांदा राम्रो हुने थियो ।’ जवाफमा ओलीले आफूहरुसँग पनि संविधान बनाउने मत नभएको उल्लेख गर्दै भनेका थिए, ‘हुन त एमालेसँग मात्र संविधान बनाउन आवश्यक मत छैन । तै पनि तपाईंहरुसँग केही विषयमा कम्प्रोमाइज गरेर सहमति गर्दा संविधान बन्ला भनेर हामी लागेका हौं । तपाईंलाई संविधान बनाउनु नै छैन भने एमालेले काँध थापिरहँदैन ।’ ओलीको तीव्र विरोधपछि अब कुनै हालतमा मिति नतोक्ने बताउँदै आएका प्रधानमन्त्री सुशील कोइरालाले ‘संविधान निर्माणको लागि पहल गर्छु मलाई केही समय दिनुस’ भनेका थिए । त्यसपछि कांग्रेसका दोस्रो तहका नेताहरुले विभिन्न चरणमा एमाओवादीसँग पटकपटक अनौपचारिक छलफल गरी विभिन्न विकल्पमा जान सकिने मत राखेका थिए । सहमतिका लागि आमहड्ताल स्थगित गराएका एमाओवादी अध्यक्ष प्रचण्ड त्यसपछि मिलेका विषयलाई अघि बढाउन तयार भएका थिए । तीनै पक्षबीच सोमबार बालुवाटारमा सहमति भएपछि असार मसान्तसम्म संविधान जारी गर्ने गरी अघि बढ्ने अनौपचारिक समझादारी भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: