Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

एउटा दोषपूर्ण विभाजनको अपूरो कथा

\"\"भारत र पाकिस्तानको विभाजन भएको ७० वर्ष भएको छ । ब्रिटिश गभर्नर लर्ड माउन्टब्याटनका पालामा कसरी ती दुई राष्ट्रहरु निर्माण गरिएका थिए ? विभाजनले कस्तो उथलपुथल ल्यायो ? ७० वर्ष अघि अंग्रेजको बहिर्गमनसँगै भारतमा ब्रिटिस साम्राज्यको अन्त्य भयो । ब्रिटिश साम्राज्यको सबैभन्दा ठूलो र महत्वपूर्ण उपनिवेश भारतबाट अलग्गिने क्रममा उसले एउटा मात्र होइन दुईवटा मुलुकको निर्माण गरिदियो । एउटा त्यस्तो विभाजन जसले २०औं शताब्दीकै सबैभन्दा गम्भीर मानवीय संकट निम्त्यायो । विभाजनपछि झण्डै ४० करोड जनसंख्या भारतमा रहे जसमध्ये अधिकांश हिन्दू थिए र त्यहाँ कूल जनसंख्याको एक तिहाई मात्र मुसलमान थिए । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले धर्मका आधारमा मुलुक विभाजन गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए । तर पाकिस्तानका गभर्नर जनरल बनेका मोहम्मद अलि जिन्नाहले मुसलमानहरुका लागि छुट्टै राष्ट्र चाहिने अडान राखेका थिए । विभाजन र स्वतन्त्रता संगसंगै आए एक जना ब्रिटिश अधिकारीले भने एउटाको मूल्यका रुपमा अर्को । ब्रिटेनको राजपरिवारसंग नजिकको सम्बन्ध रहेका लर्ड माउन्टब्याटनलाई आफ्नो सबैभन्दा ठूलो उपनिवेशवाट ब्रिटेनलाई बाहिर निकाल्ने जिम्मेवारी सुम्पिएको थियो । छोटो समयमा गर्नु नै सबभन्दा उपयुक्त हुने उनको विचार थियो । त्यसैले केवल पाँच हप्तामा विभाजनको रेखा कोरियो । सन् १९४७ को अगस्ट महिनामा पाकिस्तानले पहिला र भारतले क्रमिक रुपमा अर्कोदिन स्वतन्त्रता दिवस मनाए ।दुईदिनपछि दुई देशको सिमावर्ती क्षेत्रबाट जव विभाजनको घोषणा गरियो कसैले पनि खुशी व्यक्त गरेनन् । जिन्नाहले दुईतीर रहेको र बीचमा दुई हजार किलोमिटर लामो भारतीय भूभाग पर्ने ुधमिरा लागेकोु पाकिस्तान दिईएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । \"\" सन् १९७१ मा पूर्वी पाकिस्तान चाहिं बांग्लादेशको रुपमा अर्को स्वतन्त्र राष्ट्र मुलुक बन्यो । भारत र पाकिस्तानको स्वतन्त्रताको क्रममा हिन्दू र मुसलमानबीच थुप्रै झडपहरु भए । तर कसैले पनि विभाजनले त्यस्तो अराजक स्थिति निम्त्याउला भनेर सोचेका थिएनन् । झण्डै एक करोड २० लाख शरणार्थी एक नयाँ देशबाट अर्कोमा शरणका लागि गए । त्यसक्रममा करिब ५ देखि १० लाखजति विभिन्न समुदायका मानिसहरु मारिए । दशौं हजार महिलाहरु अपहरित भए । त्यसयता कहिल्यै पनि भारत-पाकिस्तानबीचको सम्बन्ध विभाजनको आघातबाट सामान्य अवस्थामा फर्किन सकेको छैन । दुबै मुलुकले कश्मीरलाई आफ्नो भनी दाबी गर्छन् । स्वतन्त्रताको केही साताभित्रै कश्मीरको स्वामित्वलाई लिएर दुई देश लड्न थाले । एउटा त्यस्तो संघर्ष जुन सुल्झिन सकेको छैन ‘एउटा दोषपूर्ण विभाजनको अपूरो कथा । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies