Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

विप्लव माओवादीद्वारा एमाओवादी र एमाले नेताका घरजग्गा कब्जा

चरिकोट, नेकपा (माओवादी) नेत्रविक्रम चन्द समूहले सिङ्गटीमा एक घर र जग्गा आफ्नो कब्जामा लिएको घोषणा गरेको छ ।
माओवादी दोलखाले सिङ्गटीस्थित लादुक–८ को पूर्वसांसद एमाओवादी नेता जितवीर लामाको एक कच्ची घर र एमाले नेताले सञ्चालन गर्न लागेको लामिडाँडा–६ को सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रको जग्गामा पार्टीको झन्डा गाडी आफ्नो कब्जामा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
दोलखाको २० गाविसका जनताको स्वास्थ्य प्रवद्र्धनका लागि २०६१ साउन २८ गते लिएको एक हजार ६९६ वर्गमिटर जग्गामध्ये २०६८ साल साउन ३२ गते संस्थाकै पदाधिकारी एवम् एमाले नेताहरु कुमार खड्का, प्रकाश केसीले एक हजार २०० वर्गमिटर जग्गा आफ्नो नाममा पास गरेकाले कब्जा गरेको माओवादीले उल्लेख गरेको छ ।
संस्थाको प्रतिनिधि प्रदीप सिवाकोटीलाई बनाए पनि उनले राजीनामा गरेको पाइएको माओवादीका सेक्रेटरी सञ्जीव नेपालीले बताउनुभयो । जनसमुदायको लगानी रहेको गैरसरकारी संस्थाको जग्गा आफूखुसी आफ्नो नाममा दर्ता गरेकाले संस्थालाई नै जग्गा फिर्ता नगरेसम्म जग्गा पार्टीले कब्जा गर्ने उनले बताए ।
खड्का र केसी दुवै एमाले जिल्लास्तरीय नेता हुन् । १० वर्षअघि जग्गा सस्तोमा खरिद गरे पनि अहिले सिङ्गटीको जग्गा लाखौँ मूल्य पर्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नजिकैको, लामिडाँडा र लादुकको सङ्गमस्थलको घर र जग्गा सिङ्गटी बजारमा पर्छ ।
त्यसैगरी पूर्वसांसद जितवीर लामाले दोलखाको लादुक–८ सिङ्गटीमा २०५८ सालमा एउटा कच्ची घर बिक्री गरेर पैसा लिए तापनि पास नगरेको भन्दै घर कब्जा गरेको जनाएको छ । पूर्वसांसद लामाले आपसी सहमतिमा डम्बरबहादुर बुढाथोकीलाई घर बिक्री गरेका थिए ।
तत्कालीन समयमा घरको मूल्याङ्कन रु ६० हजार गरी पटकपटकमा रु ५५ हजार लिए पनि थप रकम लिएर घर पास गरिदिनुपर्नेमा उल्टै पैसा लिएको प्रमाण दिन धम्कीसमेत दिएको पीडित बुढाथोकीले गुनासो गरे । पार्टीका तर्फबाट लामालाई लिखित र मौखिक रुपमा विगतको आपसी सहमतिअनुसार बुढाथोकीलाई थप पैसा लिएर घर पास गरिदिन गरेको आग्रह अटेर गरेकाले पार्टीले कब्जा गर्नु परेको चन्द माओवादीका अर्का नेता अर्जुन योगीले बताए । लामा २०४८ सालमा एमालेका तर्फबाट दोलखा क्षेत्र नं २ बाट निर्वाचित सभासद् हुन् । एमाले विभाजन हुँदा नेकपा (माले) हुँदै २०६४ सालमा माओवादी प्रवेश गरेका थिए । लामा एनेकपा (माओवादी)का केन्द्रीय सदस्य भइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy