Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

विप्लव माओवादीले यसरी कब्जा गर्‍यो ऊर्जासचिवको घर

  साथीको पर्खाइमा कलंकीस्थित सीता पेट्रोल पम्पअगाडि उभिएको थिएँ । करिव पन्ध्र मिनेट बितिसकेको थियो । हेर्दाहेर्दै कोही मोटरसाइकलमा, कोही पैदलै करिब २ सय आसपास संख्यामा युवाहरु उपस्थित भए । कामविशेषले टाढा जानु पर्ने म । भीडभाडको गतिविधितर्फ भन्दा आफ्नै काम र साथीको आगमनबारे सोचमग्न थिएँ । सामान्यतया सधैं नै भीडभाड भइराख्ने कलंकी चोक छेउको त्यो भीड मलाई बिस्तारै असामान्य जस्तो लाग्न थाल्यो । कुनै कार्यक्रम या कसैको भोज–भतेर होला भन्ठानेर खासै ध्यान दिइँन । हेर्दाहेर्दै यो भीड भोज चाहिँ होइन भन्ने लाग्यो । सामान्य ‘ड्रेसअप’ मै थिए मानिसहरु । मनमा कौतुहलता बढिरहेको थियो । मनमनै प्रश्न उब्जिइरहेको थियो– किन बढिरहेछ आज यहाँ यी मानिसहरुको चहलपहल ? [caption id=\"attachment_14776\" align=\"alignnone\" width=\"736\"]\"Biplab_Parcha-970\" यस्तो थियो घटनास्थलमा विप्लव माओवादीले छरेको पर्चा[/caption] साथी आइपुग्न ढिलो भएपछि निकै पट्यारपूर्वक खल्तीबाट मोबाइल झिकेर डायल गर्ने जमर्कोमा थिएँ, नजिकै रहेको गल्लिपट्टि बढ्यो युवाहरुको जमघट । अलिअलि गर्दै चर्कंदै गयो होहल्ला । दुई युवा हातमा कालो ब्यानर लिएर बाटोभन्दा भित्रपट्टिको घरतिर लम्किए । बाइकमा सवार डेक र माइक्रोफोन बोकेका दुई युवा पनि उतै सरे । बिस्तारै त्यतै लम्किए सबै युवाहरु, सुरु भयो नाराबाजी– भ्रष्ट ऊर्जासचिव– मुर्दावाद ! नेकपा माओवादी– जिन्दावाद !! पहेँलो रङले रङ्गिएको त्यस घरको मूल ढोकामा हाने कसैकसैले । कसैले अघि ल्याइएको त्यही कालो ब्यानर बाँधे मूल ढोकामा । कसैले छरे राता, पहेँला र निला पर्चाहरु, वस्तुभाउलाई सोतर विछ्याए झैँ । कसैले गाडे राता झन्डाहरु घरको बगैँचा र कम्पाउण्डतिर । सुरु भएको करिब पाँच मिनेट जतिमा निकै आक्रामक बनिसकेको थियो त्यहाँको माहोल । एक अधबैंसेले समाते नाराबाजी चलिरहेको माइक । र, भने– ‘आदरणीय जनसमुदाय ! दलाल भ्रष्टाचारी र कालाबजारीहरुमाथिको यो हाम्रो सांकेतिक विरोध हो । बुझेनन्, सच्चिएनन् र सुध्रिएनन् भने हामी गम्भीर कदम चाल्न बाध्य हुने छौं; हवस् त, लालसलाम !’ छोटो भाषण गरेका उनले बाइकमा डेक समातेर बसिराखेको मानिसतिर हस्तान्तरित गरे त्यो माइक । फेरि अघिकै नारा लगाए र सबैजना तितरबितर भए त्यहाँबाट । कता गए त्यसपछि, पत्तो नै भएन । हेरेको हेर्यै भइरहेको थिएँ म । साथी नजिकै आइपुगेर फोन गरिरहेको रहेछ मैलाई । झस्किएँ म मोबाइलको घन्टी सुनेर । बल्ल पो मेसो पाएँ– ती सबै युवाहरु त नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नवगठित नेकपा माओवादीका कार्यकतौ पो रहेछन् ! ‘करोडौं कमिसन खाएर ऊर्जासचिवसहितले माथिल्लो कर्णाली र मर्याङदी जलविद्युत् परियोजना भारतलाई बेचेको’ भन्दै त्यसैको विरोधमा ऊर्जासचिवको घर घेराउ गरेका रहेछन् । त्यहाँ फालिएको पर्चा पूरै पढेपछि थाहा पाएँ सबै कुरा । र, थाहा पाएँ– म उभिएको नजिकै उनीहरुले झन्डा र ब्यानर टाँगेको त्यो बडेमानको अग्लो महल रहेछ, नेपालको ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोरी क्षेत्रीको रहेछ । उपस्थित सबैले तताइसकेका थिए, आ–आफ्नो बाटो । एकै छिनपछि प्रहरीको भ्यान आइपुग्यो घटनास्थलमा । ‘के भएको ?’ मेरो नजिकै बच्चा बोकेर उभिइरहेकी एक महिलालाई सोधे, भ्यानमा आएका प्रहरीले । ती महिलाले जवाफ दिइँन्– ‘खोई, हामीलाई त केही थाहा छैन ।’ भुइँभरि छरिएको पर्चा समाते र पढे प्रहरीहरुले । केही समयको अन्तरालमै चारवटा प्रहरी भ्यान आइपुगे, एकपछि अर्को गर्दै । त्यहाँ कोही थिएनन् ‘आन्दोलनकारी’ । पत्रकार र केही स्थानीय सर्वसाधारण उत्सुकतापूर्वक हेरिरहेका थिए प्रहरी भ्यानलाई ।  प्रहरीले हटाइदियो ढोकाको ब्यानर र कम्पाउण्डका झन्डाहरु । मेरो नजिकै उभिएका एक प्रहरी अधिकारीले समातेको ‘ह्यान्डसेट’ मा चलिरहेको सुनिन्थ्यो, घटनाबारे सोधीखोजी– ‘के भइरहेको छ ?’ ‘सर ! यहाँ कोही पनि छैन, हामी खोजिरहेका छौं’– प्रहरीका ती कमान्डर भन्दै थिए । धम्की आयो उताबाट– ‘कोही छैन भन्ने होइन । जसरी पनि कोही न कोही पक्रिइएको हुनुपर्छ ।’ प्रहरी घरभित्र र वरिपरीको क्षेत्रमा घुमिरहेका थिए । गाडी चढेर बाटो लाग्यौं म र साथी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE