Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

विप्लव माओवादीले यसरी कब्जा गर्‍यो ऊर्जासचिवको घर

  साथीको पर्खाइमा कलंकीस्थित सीता पेट्रोल पम्पअगाडि उभिएको थिएँ । करिव पन्ध्र मिनेट बितिसकेको थियो । हेर्दाहेर्दै कोही मोटरसाइकलमा, कोही पैदलै करिब २ सय आसपास संख्यामा युवाहरु उपस्थित भए । कामविशेषले टाढा जानु पर्ने म । भीडभाडको गतिविधितर्फ भन्दा आफ्नै काम र साथीको आगमनबारे सोचमग्न थिएँ । सामान्यतया सधैं नै भीडभाड भइराख्ने कलंकी चोक छेउको त्यो भीड मलाई बिस्तारै असामान्य जस्तो लाग्न थाल्यो । कुनै कार्यक्रम या कसैको भोज–भतेर होला भन्ठानेर खासै ध्यान दिइँन । हेर्दाहेर्दै यो भीड भोज चाहिँ होइन भन्ने लाग्यो । सामान्य ‘ड्रेसअप’ मै थिए मानिसहरु । मनमा कौतुहलता बढिरहेको थियो । मनमनै प्रश्न उब्जिइरहेको थियो– किन बढिरहेछ आज यहाँ यी मानिसहरुको चहलपहल ? [caption id=\"attachment_14776\" align=\"alignnone\" width=\"736\"]\"Biplab_Parcha-970\" यस्तो थियो घटनास्थलमा विप्लव माओवादीले छरेको पर्चा[/caption] साथी आइपुग्न ढिलो भएपछि निकै पट्यारपूर्वक खल्तीबाट मोबाइल झिकेर डायल गर्ने जमर्कोमा थिएँ, नजिकै रहेको गल्लिपट्टि बढ्यो युवाहरुको जमघट । अलिअलि गर्दै चर्कंदै गयो होहल्ला । दुई युवा हातमा कालो ब्यानर लिएर बाटोभन्दा भित्रपट्टिको घरतिर लम्किए । बाइकमा सवार डेक र माइक्रोफोन बोकेका दुई युवा पनि उतै सरे । बिस्तारै त्यतै लम्किए सबै युवाहरु, सुरु भयो नाराबाजी– भ्रष्ट ऊर्जासचिव– मुर्दावाद ! नेकपा माओवादी– जिन्दावाद !! पहेँलो रङले रङ्गिएको त्यस घरको मूल ढोकामा हाने कसैकसैले । कसैले अघि ल्याइएको त्यही कालो ब्यानर बाँधे मूल ढोकामा । कसैले छरे राता, पहेँला र निला पर्चाहरु, वस्तुभाउलाई सोतर विछ्याए झैँ । कसैले गाडे राता झन्डाहरु घरको बगैँचा र कम्पाउण्डतिर । सुरु भएको करिब पाँच मिनेट जतिमा निकै आक्रामक बनिसकेको थियो त्यहाँको माहोल । एक अधबैंसेले समाते नाराबाजी चलिरहेको माइक । र, भने– ‘आदरणीय जनसमुदाय ! दलाल भ्रष्टाचारी र कालाबजारीहरुमाथिको यो हाम्रो सांकेतिक विरोध हो । बुझेनन्, सच्चिएनन् र सुध्रिएनन् भने हामी गम्भीर कदम चाल्न बाध्य हुने छौं; हवस् त, लालसलाम !’ छोटो भाषण गरेका उनले बाइकमा डेक समातेर बसिराखेको मानिसतिर हस्तान्तरित गरे त्यो माइक । फेरि अघिकै नारा लगाए र सबैजना तितरबितर भए त्यहाँबाट । कता गए त्यसपछि, पत्तो नै भएन । हेरेको हेर्यै भइरहेको थिएँ म । साथी नजिकै आइपुगेर फोन गरिरहेको रहेछ मैलाई । झस्किएँ म मोबाइलको घन्टी सुनेर । बल्ल पो मेसो पाएँ– ती सबै युवाहरु त नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नवगठित नेकपा माओवादीका कार्यकतौ पो रहेछन् ! ‘करोडौं कमिसन खाएर ऊर्जासचिवसहितले माथिल्लो कर्णाली र मर्याङदी जलविद्युत् परियोजना भारतलाई बेचेको’ भन्दै त्यसैको विरोधमा ऊर्जासचिवको घर घेराउ गरेका रहेछन् । त्यहाँ फालिएको पर्चा पूरै पढेपछि थाहा पाएँ सबै कुरा । र, थाहा पाएँ– म उभिएको नजिकै उनीहरुले झन्डा र ब्यानर टाँगेको त्यो बडेमानको अग्लो महल रहेछ, नेपालको ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोरी क्षेत्रीको रहेछ । उपस्थित सबैले तताइसकेका थिए, आ–आफ्नो बाटो । एकै छिनपछि प्रहरीको भ्यान आइपुग्यो घटनास्थलमा । ‘के भएको ?’ मेरो नजिकै बच्चा बोकेर उभिइरहेकी एक महिलालाई सोधे, भ्यानमा आएका प्रहरीले । ती महिलाले जवाफ दिइँन्– ‘खोई, हामीलाई त केही थाहा छैन ।’ भुइँभरि छरिएको पर्चा समाते र पढे प्रहरीहरुले । केही समयको अन्तरालमै चारवटा प्रहरी भ्यान आइपुगे, एकपछि अर्को गर्दै । त्यहाँ कोही थिएनन् ‘आन्दोलनकारी’ । पत्रकार र केही स्थानीय सर्वसाधारण उत्सुकतापूर्वक हेरिरहेका थिए प्रहरी भ्यानलाई ।  प्रहरीले हटाइदियो ढोकाको ब्यानर र कम्पाउण्डका झन्डाहरु । मेरो नजिकै उभिएका एक प्रहरी अधिकारीले समातेको ‘ह्यान्डसेट’ मा चलिरहेको सुनिन्थ्यो, घटनाबारे सोधीखोजी– ‘के भइरहेको छ ?’ ‘सर ! यहाँ कोही पनि छैन, हामी खोजिरहेका छौं’– प्रहरीका ती कमान्डर भन्दै थिए । धम्की आयो उताबाट– ‘कोही छैन भन्ने होइन । जसरी पनि कोही न कोही पक्रिइएको हुनुपर्छ ।’ प्रहरी घरभित्र र वरिपरीको क्षेत्रमा घुमिरहेका थिए । गाडी चढेर बाटो लाग्यौं म र साथी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending