Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

मुस्ताङको बोक्सीखोलामा चौंरीगाईको रगत पिउने मेला सुरु

मुस्ताङ,  मुस्ताङको कोबाङस्थित बोक्सीखोलामा चौंरीगार्इंको आलो रगत पिउने मेला सुरु भएको छ ।

चौंरीगाईको आलो रगत र मासु बिक्री गर्ने उद्देश्यले संयुक्त चौरीपालक किसान समूहको आयोजनामा मेला सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔंलेलगायतका बहुमूल्य जडीबुटी खाएका चौंरीगाईको आलो रगत पिएमा गानोगोला, ग्यास्ट्रिक, कमलपित्त, मर्केको, सुन्निएको र पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ ।

मेलाको पहिलो दिनदेखि रगत पिउन सर्वसाधारणको भीड बढ्दै गएको स्थानीय किसान दीपा गौचनले बताउनुभयो । उहाँका अनुसार \'उपल्लो मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीबाट समेत सर्वसाधारण रगत पिउन बोक्सीखोला पुगेका छन् ।\' कोबाङका १५ जना किसानले व्यावसायिकरुपमा पालेका चौरीबाट आवश्यकताको आधारमा रगत निकाल्ने गरिन्छ ।

विशेष प्रकारको चक्कुले चौरीको घाँटी रेटेर निकालिएको रगत तत्कालै सर्वसाधारणले गिलासमा भरेर पिउने गर्दछन् । तातो रगत पिएमा शारीरिक फुर्ती बढ्ने जनविश्वास रहिआएको छ । \'यो हाम्रो वर्षौंदेखि चलेको परम्परा हो, यसलाई जोगाइराख्न वर्षको एकपटक यस्तो मेला आयोजना गर्दछौँ,\' उनले भने, \'मेलाका साथै अन्य जमघट पनि हुन्छ ।\' रगत पिउने मेलामा थकाली समुदायको परम्परागत तीर हान्ने प्रतियोगिता पनि सञ्चालन हुने बताइएको छ । स्थानीय किसानले २०० भन्दा बढी चौरी पालेका छन् । त्यसबाट कम्तीमा एउटा चौंरीबाट चार गिलाससम्म रगत निकालिन्छ ।

मेलामा दैनिक २०० देखि ५०० जनासम्मले रगत पिउने आयोजकले जनाएका छन् । \'यस वर्ष प्रतिगिलास रु १५० तोकेका छौँ, यो विगतको भन्दा अलि महँगो हो\' कृषक थकालीले भभने, \'यो मेला आगामी बैशाख १७ गतेसम्म सञ्चालन हुनेछ ।\'

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy