Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

बैतडीमा मिल्यो कांग्रेस-माअोवादी, तर कांग्रेसबाटै उठे बागी

\"\"बैतडी ।  जिल्ला समन्वय समितिको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भएको छ । जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेको छ भने केही पदमा एमालेले पनि उम्मेदवारी दर्ता गरेको छ । जिल्ला समन्वय समितिको प्रमुख पदमा काँग्रेसको तर्फबाट सिद्धराज भट्टको मनोनयन दर्ता भएको छ । एमालेले भने प्रमुख पदमा उम्मेदवारी दिएको छैन । प्रमुख पदमै स्वतन्त्रबाट गजेन्द्रबहादुर चन्दको पनि मनोनयन दर्ता भएको छ । उनले कांग्रेसको तर्फबाट सदस्य जितेका थिए । यस्तै उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट धनबहादुर बोहरा र एमालेबाट लक्ष्मणदत्त भट्टको उम्मेदवारी दर्ता भएको छ । दलित तथा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट टेक लुहारको मात्रै मनोनयन दर्ता भएको छ । तीनजना खुला सदस्यमा कांग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, एमालेका तर्फबाट खुला सदस्यका लागि हरिसिंह महराको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए । यसैगरी, तीन महिला सदस्यका लागि कांग्रेसबाट हरु जोशी र गीता जोशी तथा माओवादी केन्द्रबाट कुमारी हेमा भट्ट कपाडीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै एमालेबाट गोमती लावड लुहार, कल्पनाकुमारी क्षेत्री राना र जयन्ती पन्तको उम्मेदवारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको निर्वाचन यही साउन २९ गते हुनेछ । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने मुख्य निर्वाचन अधिकृत शाहले बताए । यसैबीच, जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादी केन्द्रबीच मिलेर जाने सहमतिअनुसार मनोनयन दर्ता गरेको काँग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । दुवै पार्टीको सोमबार बसेको बैठकले उपप्रमुख र एक महिला सदस्य माओवादी केन्द्रलाई दिने र अन्य पदमा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय भएको पाण्डेयले जानकारी दिए । कांग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत छन् भने एमालेसँग आठ मत रहेको छ । बैतडीमा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने जिल्ला सभाको पहिलो बैठकले निर्णय गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending