आशीर्वाद लिएर नेतृत्व छनौट गर्दा त्यसबाट विद्यार्थी संगठन चुस्त र प्रभावकारी हुन सकिरहेको छैन । त्यसैले प्रभावकारी र चुस्त कमिटी निर्माण गर्नुपर्ने र निर्वाचन प्रणाली अपनाउनु पर्ने माग चर्को रुपमा उठ्न थालेको छ तर केही केही निर्वाचन प्रणालीबाट कहिले काँही सक्षम योग्य र क्षमतावान् व्यक्तिहरु बाहिरिन सक्ने भएकाले पनि सकेसम्म सहमति, सहकार्य र समझदारी बाट नेतृत्व चयन गर्नुपर्ने बहस गरिरहेका छन् ।पछिल्लो समय विद्यार्थी आन्दोलन र यसको औचित्यबारे तिव्र बहस र आलोचना भइरहेकै बेला हामि अखिल (क्रान्तिकारी) को एकताको २१ औं राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा जुटिरहेका छौं । अखिल (क्रान्तिकारी) को एकताको २१ औं राष्ट्रिय सम्मेलन भदौ ७ गते देखि ११ गते सम्म काठमाण्डौमा हुँदैछ । सम्मेलनको मिति घोषणा भएसँगै बागबजार र भृकुटिमण्डप आसपासमा नेता कार्यकर्ताको चहलपहल बढ्न थालेको छ । संगठन भित्र भावि नेतृत्व र आगामी कार्यदिशाको विषयलाई लिएर गरम गरम बहस सुरु हुन थालेको छ । संगठन भित्रका उमेदवारका आकांक्षीहरुले आफ्नो उमेरवारी घोषणा गन थालिसकेका छन् । संगठन बाहिर पनि विभिन्न चोक चोकमा, क्याम्पसहरु र राजनितिक विश्लेषक तथा बृद्धिजीवीहरुको आँखामा समेत सम्मेलनको पर्न थालेको छ । मुख्यतया विद्यार्थी आन्दोलन सुस्ताउँदै गइरहेको समयमा अखिल (क्रान्तिकारी) को यो सम्मेलनले सुस्ताउँदै गएको विद्यार्थी आन्दोलनलाई पुर्न जीवन प्रदान गर्न सक्छ कि सक्दैन ? अबको विद्यार्थी आन्दोलनको बाटो के ? संगठनभित्र र बाहिर विभिन्न सवालहरु उठ्न थालेका छन् । सुस्ताउदै गएको विद्यार्थी आन्दोलन पहिल्लो समय विद्यार्थी आन्दोलन सुस्ताउँदै गएको छ विद्यार्थी आन्दोलनको उद्देश्य शैक्षिक गुणस्तर सुधार गर्ने हो भन्नेकुरा कागजमा मात्रै सिमित हुँदै गएको छ । विद्यार्थी संगठनहरुमा समय र परिस्थिती अनुसार भन्दापनि माउ पार्टीले के भन्छ र गरौला भन्ने प्रबृति हावि हुँदै गइरहेको छ । विद्यार्थी आन्दोलन पछिल्लो समय खासगरि राजनितिक पार्टीको साधन जस्तै बनेको छ । विद्यार्थी संगठनहरु नै टायर बाल्ने साधन बने, तालाबन्दी गर्ने माध्यम बने, नेतालाई सिढी चढाउने भ¥याङ बने, आफु निकटलाई नियुक्ति गर्ने अस्त्र बने, गल्ती छिपाईने ढाल बने । शैक्षिक मुद्धाहरुमा केन्द्रित हुन सकेनन् फलस्वरुप विद्यार्थी आन्दोलन खस्किदै गयो र बागबजार र भृकुटीमण्डपमा खुम्चिन पुग्यो । देशमा शिक्षाको नाममा कमाई धन्दामा लागेका शैक्षिक माफियाहरुले शिक्षालाई खुलेयाम हाटबजार, सपिड्ड मल र उद्योग जस्तै व्यापारिक केन्द्र बनाई रहेका छन् । [caption id=\"attachment_126985\" align=\"alignleft\" width=\"242\"] लेखक[/caption] स्कुल र क्याम्पसका गेटै अगाडी संञ्चालित ट्युसन इन्स्टीच्युटहरुमा विद्यार्थीहरुको खचाखच चाप हुन्छ तर क्याम्पसका कक्षा कोठाहरुमा खाँली बेन्चहरु मात्रै हुन्छन अनि त्यहि क्याम्पसमा सरकारी तलब खाने शिक्षकहरु त्यही ट्युसन इन्सटीच्युटहरुमा दोहोरी पैसा लिएर पढाइरहेका हन्छन् । अव्यवहारिक शिक्षा प्रणाली र बेरोजगारिका कारण हातमा व्याचलर र मास्टर्सको सर्टिफिकेट हुने युवा जमात कोरियन र जापानिज भाषा पढ्न लाइन लागिरहेका छन् । तर विद्यार्थी संगठन र तिनका नेतृत्व नत सरकारी स्कुल कलेजको लापरवाही र अव्यवहारिक शिक्षा प्रणालीका विरुद्ध आवाज उठाइरहेका छन् नत शैक्षिक माफियाहरुको मनोमानि र ब्रम्हलुट विरुद्ध नै । देशका मुख्य विद्यार्थी संगठनहरुको कार्यालय बाजबजार र पुतलीसडक वरिपरि नै छन् तर त्यही बागबजार र पुतलीसडक वरिवपरि नै सयौं ट्युसन इन्स्टीयुट र कन्सलटेन्सिहरुले ब्रम्हलुट मच्चाइरहेका छन् तर त्यही वरिपरि चिया पसलहरुमा गरम गरम शैक्षिक र राजनीतिक बहस गर्ने विद्यार्थी नेताहरु आँखै अगाडी भइरहेको ब्रम्हलुटको विरुद्ध धावा बोल्नुको सट्टा नदेखेझै गरि हिडिरहेका छन् । यसबाट विद्यार्थी संगठन र तिनका नेतृत्वहरु तिनै शैक्षिक माफियाहरुसँग चन्दा उठाएर त चलिरहेको छैनन भन्ने आशंकालाई बल पु¥याइरहेको छ । यस्ता विविध समस्या अनि सिंगो विद्यार्थी आन्दोलन माथि नै प्रश्न चिन्ह उठिरहेका बेला यो सम्मेलन र नयाँ आउने नेतृत्वले सुस्ताउँदै गएको विद्यार्थी आन्दोलनलाई गति दिन सक्छ कि सक्दैन भन्ने बहस राजनितिक बृतमा हुन थालेको छ । शैक्षिक मुद्दा र शिक्षा प्रणाली उपयोगी र व्यवहारिक शिक्षा प्रणालीको अभावमा हाम्रा विश्वविद्यालय र क्याम्पसहरु बेरोजगारी उत्पादन गर्ने कारखाना जस्तै बनेका छन् । हातमा डिग्रीका सर्टिफिकेट हुनेहरु रोजगारीको अभावमा विदेश पलाएन हुन बाध्य छन् सरकारी स्वामित्वमा रहेका शिक्षण संस्थाहरुको शैक्षिक गुणस्तर ओरालो लागिरहेको छ भने च्याउ उम्रिए झैँ निजी स्कूल कलेजहरु खुलिरहेका छन् । तर विद्यार्थी संगठन र तिनका नेतृत्वहरु किन मौन छन् । सरकारी स्कूल कलेजहरुको लापर्वाही र निजी स्कूल कलेजहरुको ब्रम्हलुट अन्त्य गर्न अबको विद्यार्थी आन्दोलन केन्द्रित हुनु पर्ने माग चौरैतिरबाट चर्को रुपमा उठिरहेको छ । नेतृत्वको बहस सम्मेलनको बेला उम्मेदवारी घोषणा र नेतृत्व सम्बन्धि बहस हुनु स्वभाविक हो । क्रान्तिकारीमा पनि सम्मेलनको घोषणासँगै भावी नेतृत्व सम्बन्धि बहस चल्न थालिसकेको छ । उम्मेदवारका आकांक्षीहरु पार्टी नेतृत्वसँग तिब्र रुपमा लविङ गरिरहेका छन् । अर्कोतिर प्रतिनिधिहरु आÇनो पक्षमा पार्नका लागि आफूँ निकटहरुसँग भेटघाट र छलफलमा पनि उत्तिकै लागिरहेका छन् । त्यस्तै कार्यकर्ताहरुमा पनि अबको नेतृत्व कस्तो व्यक्तिलाई बनाउने भन्ने बहस सुरु भएको छ । उनीहरु नेतृत्वको आकांक्षीहरुलाई नजिकबाट नियालिरहेका छन् । उमेर हदबन्दी विद्यार्थी संगठन भित्र उमेर हदवन्दीको मुद्दा चर्को रुपमा उठन थालेको छ । विद्यार्थी जो जहिले जुन उमेर पनि हुनसक्छ तर देशको भावि राजनीतिलाई सुद्धिकरण गरी युवा पुस्तालाई स्थापित गराउने हो भने उमेर विद्यार्थी राजनीतिमा उमेर हदवन्दी किन नहुने ? देश युवाले चलाउन पर्छ पनि भन्ने अनि युवा नेतृत्व उत्पादन गर्न पनि बन्देज गर्ने ? विद्यार्थी नेता नै बुढो भएपछि उ भोली युवा नेता कसरी हुन्छ भन्ने वहस मुद्दा विद्यार्थी संगठनमा सबैभन्दा चर्को रुपमा उठ्न थालेको छ । इलेक्सन कि सेलेक्सन सम्मेलनको घोषणा भएसँगै अबको नेतृत्व निर्वाचन प्रणालीबाट छनौट गर्ने विधान बनिसकेको छ । आशीर्वाद लिएर नेतृत्व छनौट गर्दा त्यसबाट विद्यार्थी संगठन चुस्त र प्रभावकारी हुन सकिरहेको छैन । त्यसैले प्रभावकारी र चुस्त कमिटी निर्माण गर्नुपर्ने र निर्वाचन प्रणाली अपनाउनु पर्ने माग चर्को रुपमा उठ्न थालेको छ तर केही केही निर्वाचन प्रणालीबाट कहिले काँही सक्षम योग्य र क्षमतावान् व्यक्तिहरु बाहिरिन सक्ने भएकाले पनि सकेसम्म सहमति, सहकार्य र समझदारी बाट नेतृत्व चयन गर्नुपर्ने बहस गरिरहेका छन् । नेतृत्व माथिको प्रश्न चिन्ह पछिल्लो समय विद्यार्थी नेताहरु माथि नै पनि विभिन्न प्रश्न चिन्हहरु उठ्न थालेका छन् । सर्वसुलभ र वैज्ञानिक शिक्षाको नारा लगाउने व्यवहारमा भने आफ्नै छोराछोरी महँगा–महँगा निजी विद्यालयहरुमा स्कुलर सिपमा पढाउने गरेको आरोप विद्यार्थी नेताहरुमाथि लाग्ने गरेको छ । निजी स्कूल कलेज र शैक्षिक माकियाहरुसँग चन्दा लिएर विद्यार्थी आन्दोलनलाई कमजोर पारेको दोष उनीहरु माथि लाग्ने गरेको छ । त्यसैले पनि अबको नेतृत्वमा आउँन चाहने विद्यार्थी नेताहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयहरुमा पढाउनुपर्ने दवाव बढ्दै गएको छ । अबको बाटो विद्यार्थी आन्दालेलनको इतिहास र त्यसले प्राप्त गरेको उपलब्धिहरु हेर्दा पछिल्लो समय विद्यार्थी आन्दोलन सुस्ताएकै हो । कुनै समय पुरै देशलाई तरंगित बनाउने विद्यार्थी आन्दोलन खस्किनु साँच्चै दुःखद् कुरा हो । त्यसैले सुस्ताउँदै गएको विद्यार्थी आन्दोलनलाई यो सम्मेलन र नयाँ नेतृत्वले नयाँ गति दिनु जरुरी छ । त्यसका लागि विद्यार्थी आन्दोलन शैक्षिक मुद्दाहरुमा केन्द्रित हुनु आवश्यक छ । क) शैक्षिक माफियाहरुको अन्त्य गरी निजी क्षेत्रलाई गुणस्तर मापन गर्ने र सरकारी शिक्षालाई संरक्षित गर्ने । ख) सरकारी र निजी विद्यालयहरुमा एउटै प्रकारका पाठ्यक्रम लागू गर्ने । ग) शिक्षा क्षेत्रलाई सबैको पहुँचको विषय बनाउने र आधुनिक वैज्ञानिक र रोजगार उन्मुख बनाउने । घ) विश्व विद्यालय र क्याम्पसहरुको नियुक्तिमा हुने राजनीतिक भागवन्डा पूर्ण रुपमा अन्त्य गर्ने । ङ) विश्व विद्यालयका शैक्षिक क्यालेन्डर, पाठ्यक्रम पुनरावलोकन र समायोजन र परीक्षा प्रणालीलाई समयानुकुल बनाउँदै जाने । च) विद्यार्थी आन्दोलन अब टायर बाल्ने, तालाबन्दी गर्ने र पार्टीलाई सक्तामा पु¥याउने भ¥याङ मात्रै होइन दीर्घकालिन ध्वयमा केन्द्रित हुनुपर्छ र रचनात्मक हुनुपर्छ । अत्न्यमा अन्त्यमा यो सम्मेलनले सुस्ताउँदै गएको विद्यार्थी आन्दोलनलाई नयाँ गति दिँदै विद्यार्थी आन्दोलन माथि उठेका प्रश्नचिन्हहरुलाई चिर्दै विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा उठाउन सक्ने सक्षम र क्षमतावान नेतृत्व चयन गर्न सकोस् शुभकामना ।
प्रतिकृया लेख्नुहोस्: