Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

यसकारण निःसन्तान रहेछन् अध्यक्ष ओली !

एमाले अध्यक्ष खड्गप्रसाद ओली विवाहित भए पनि उनी निःसन्तान छन् । ललितपुरकी राधिका शाक्यसँग लगनगाँठोमा बाँधिएका ओलीको सन्तान प्राप्तिको चाहना पूरा हुन सकेन । गृहस्थी जीवनमा प्रवेश गरेका भए तापनि सन्तानको भविष्यबारे टाउको दुःखाउनुपर्ने टन्टो ओलीलाई छैन । न त धनसम्पत्ती थुपार्नुपर्ने झन्झट नै छ उनलाई । भक्तपुरको बालकोटमा आलिसान महल बनाएर बस्दै आएका ओलीको पारिवारिक जीवनबारे  विभिन्न  टीकाटिप्पणी भए पनि उनका सन्तान नहुनुको वास्तविक तत्थ्य अहिलेसम्म बाहिर आएको पाइँदैन । उच्च राजनीतिक हैसियत आर्जन गरेका नेता ओलीको दाम्पत्य जीवनको क्रममा सन्तान नहुनुको कारणबारे खबर डबलीले सम्बद्ध चिकित्सकहरुसँग जानकारी लिन खोज्दा खुल्न चाहेनन् । यसबारे बुझ्न प्रयत्न गर्दा ओलीका सन्तान नहुनु दुई कारण चिकित्सकहरुले बताए । महिला वा पुरुषमा सन्तान उत्पादन क्षमता नहुनुलाई निःसन्तान वा बाँझोपन भनिन्छ । चिकित्साशास्त्रमा यसलाई ‘इनफर्टिलिटी’ भनिन्छ । ओलीका सन्तान नहुनुको प्रमुख कारणबारे उनका चिकित्सक खुल्न नचाहे तापनि केही विज्ञ चिकित्सकसँग जिज्ञासा राख्दा ओली ‘नेचुरल्ली’ नै बाँझोपनको शिकार भएको र त्यसको प्रमुख ‘फ्याक्टर’ जैविक रहेको बताए । पञ्चायतकालमा प्रहरीले करेन्ट लगाउने, लामो समय पिसाब रोक्न  लगाउने, हिटरमाथि पिसाब गर्न लगाउनेजस्ता सजाय भोगेका ओलीमा करेन्ट प्रवाहका कारण बच्चा उत्पादनका निम्ति अत्यावश्यक पर्ने ‘स्पम’ नस्ट भएकाले उनी निःसन्तान भएको एकाथरी चिकित्सकको तर्क छ । तर, अर्काथरी चिकित्सकले भने ओलीले पाएको सजाय सन्तानै नहुने तहसम्मको नभएको उल्लेख गर्दै जेलनेलको क्रममा सामान्य दुःख पाएका ओली निःसन्तान हुनुको प्रमुख कारण जैविक समस्या नै भएको तर्क गरे । करेन्ट प्रवाहका कारण ‘स्पम’ क्षयीकरणमा थोरै असर परे पनि त्यसको प्रभाव न्यून रहेको प्रजनन् स्वास्थ्यसम्बन्धी  विषेशज्ञहरुको तर्क छ । पुरुषमा सन्तान उत्पादन क्षमता नहुनुका विभिन्न ‘फ्याक्टर’ अगाडि सार्दै ती विषेशज्ञले ओली निःसन्तान नहुनुको प्रमुख ‘फ्याक्टर’ ‘जेनेटिक’ र ‘अर्ग्यानिक’ नै भएको दावी गरे । उनले भने– ‘आफू निःसन्तान हुने विशेषता ओलीजीले जन्मदै लिएर आउनुभएको स्पष्ट भइसकेको छ ।’ पुरुषको ‘स्पम’ अन्डाशयमा उत्पादन हुनुपर्नेमा मूत्रनलीमै रहेकाले पनि धेरैमा यस्तो समस्या देखापर्ने गरेको छ भन्दै ती चिकित्सकले भने– ‘कतिपय सहकर्मीहरुसँगको अन्तक्र्रियामा मैले सुनेअनुसार ओलीजीको समस्या नै यही हो ।’ ओलीका प्रजनन् स्वास्थ्य समस्याबारे ओलीकै उपचारमा संलग्न चिकित्सकहरु खुल्न नचाहे पनि सन्तान उत्पादनका आगि अत्यावश्यक पर्ने ‘स्पम’ उत्पादनका लागि आवश्यक तापक्रम ३३ देखि ३४ डिग्री सेल्सियस हुनुपर्नेमा आलीको त्यो अवस्था समेत असन्तुलित रहेको विषेशज्ञहरुको भनाइ छ । प्रजन अंगको सर्जरी गर्दा पनि यस्तो समस्या हुने विशेषज्ञहरुको दावी छ । उनीहरुका अनुसार ‘स्पम’ को सुरक्षाका लागि कसिलो अन्डरवेयर समेत घातक हुन्छ । कम या बढि तापक्रम, रेडियोथेरापी, रेडियसन प्रसारण हुने इलेक्ट्रोनिक डिभाइसमा धेरै समय काम गर्नेहरु लगायतमा पनि यस्तो समस्या हुने विज्ञहरुले बताए । विज्ञहरु भन्छन्– ‘हामीकहाँ उपचार र परामर्शमा आएका ‘पेसेन्ट’ हरुमध्ये सन्तान नहुनुमा २५ प्रतिशत पुरुषमा, ५० प्रतिशत महिलामा र २५ प्रतिशत दुवैमा समस्या रहेको पाइएको छ ।’ अध्यक्ष ओली केही वर्ष यता निमोनिया, मेनेन्जाइटिस, फँगाई इन्फेक्सन (हात सुन्निने) रोगबाट पीडित छन् । यीमध्ये कतिपय समस्या निःसन्तान हुनुकाे कारणसँग पनि सम्बन्धित छन् । ७ वर्षअघि ओलीका दुवै मिर्गौला प्रत्यारोपण गरिएका हुन् । ओलीका निजी चिकित्सक डाक्टर दिलिप शर्माले भने आेलीको प्रजनन् क्षमताबारे आफूलाई कुनै जानकारी र चासो नभएको बताए । उनले भने– ‘ओलीजीको समग्र शारीरिक अवस्था क्लिनीकल्ली र बायोलोजिकल्ली फिट एन्ड फाइन छ, यो कुराचाहिँ म निर्धक्क भन्न सक्छु ।’ ओलीले अनावश्यक दौडधुप नगरी नियमित औषधी सेवन गरेर शरीरलाई मेन्टेन गरे लामो समय केही नहुने उनको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy