Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

महामारीले जाजरकोटमा विवाहमा समेत रोक

जाजरकोट, यहाँको जिल्ला प्रशासन कार्यालय जाजरकोटले विभिन्न ठाउँमा भईरहेका सवै खालका कार्यक्रम वन्द गर्न आदेश दिएको छ । स्वाईन फ्लु र सिजनल फ्लुका कारण बिरामीको संख्या वढ्नुका साथै नयाँ ठाउँमा रोग सरेपछि मंगलवार स्थानीय प्रशासनले जिल्लाका सबै सरकारी कार्यालय, संघ संस्थालाई पत्राचार गरी तत्काल सबै खालका कार्यक्रमहरु बन्द गर्न अनुरोध गरिएको हो । गैरसरकारी संस्था महासंघका अध्यक्ष वीरवहादुर वस्नेतलाई आग्रह गरी सबै संघ संस्थाका भेला, वैठक,छलफल, सेमिनार नगर्न अनुरोध गरिएको छ । त्यस्तै, फैलिएको महामारी सामान्य नहुँदासम्म जिल्लाका ३० वटा गाविस बैठक, विवाह, व्रतवन्ध जस्ता कार्यक्रम नगर्न पनि प्रशासनले संचारमाध्यममार्फत आग्रह गरेको छ । यहाँका सवै विद्यालयका पठनपाठन समेत बन्द गर्न आग्रह गरिएको छ । स्थानीयहरुलाई माक्स लगाएर मात्र आवतजावत गर्नसमेत अनुरोध गरिएको प्रजिअ बस्नेतले जानकारी दिए । पसल, काम गर्ने ठाउँ, पानी पधेरा, लगाउतका ठाउँमा समेत जम्मा नहुँन आग्रह गरिएको छ । जिल्लाका थप अन्य ठाउँमा स्वाई फ्लुर सिजनल फ्लु फैलिएपछि प्रशासनले यस्तो आग्रह गरेको हो । यो रोग फैलिने क्रम्मा नरोकिएमा जिल्लाका सरकारी कार्यालय समेत वन्द गर्नुपर्ने स्थिति आउने बस्नेतको भनाई छ । मंगलवार मात्र यहाँका प्रमूख जिल्ला अधिकारी जगतवहादुर बस्नेत आफै विरामी भएपछि काठमाडौंवाट आएका स्वास्थ्यले जाँच गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy