बैशाख ९ गते, २०७२ बुधवार 22nd April, 2015 Wed११:०५:५१ मा प्रकाशित
एमाओवादीमा भावी अध्यक्षको पद सुरक्षित पार्न ‘नयाँ शक्ति’ लाई गर्भमै निमोठेका वरिष्ठ नेता डा. बाबुराम भट्टाराईले गत साता ड्यास माओवादी अध्यक्ष मोहन वैद्यलाई भेटी प्रचण्डलाई सम्झिाइदिन आग्रह गरेका छन् ।
आजका जनआस्थामा खबर छ – वैद्यनिवास पुगेका डा. बाबुरामले संविधानसभा आफूहरुको माग भए पनि अहिले त्यहाँ बसेर आफ्ना एजेन्डा लागू हुन नसक्ने भन्दै छिटोभन्दा छिटो त्यहाँबाट निस्केर पार्टी एकताको गर्ने पक्षमा आफू रहेको बताएका थिए । उनले प्रचण्डलाई संविधानसभा छाड्न गाह्रो परिरहेकाले सम्झाइदिन गुहार मागे । करिब १ घण्टासम्म चलेको छलफलमा वैद्यले भने आफूलाई सम्झाइदिने भन्दा पनि तपाईं आफैँ त्यहाँ छलफल चलाउनुस् भनेर सुझाव दिए । वैद्यले बाबुराम पार्टी एकताविरोधी हो भन्ने कुरा आफूलाई केही साथीले सुनाएको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गरेका थिए । बाबुरामले आफू पार्टी एकताको पक्षपाती भएको बताएपछि वैद्यले भने विप्लवजीलाई फुटाृउनमा तपाईंकै हात छ रे भन्दै अर्को जिज्ञासा राखेका थिए ।
बाबुरामसँग भएको भेटबारे वैद्यले गत शनिबार बुद्धनगरमा बसेको पोलिटब्युरो बैठकलाई जानकारी गराएका हुन् । त्यहाँ बादल पक्षका नेता हितमान शाक्यले बाबुरामको चलखेल भन्दै व्यंग्य गरेका थिए । मोहन वैद्यसमेतको सहभागितामा ३ वर्षअघि धोवीघाट भेलाबाट प्रचण्डलाई अल्पमतमा पारेपछि बाबुराम प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएपछि सहमतिअनुसार सिपि गजुरेललाई परराष्ट्रमन्त्री र देव गुरुङलाई अर्थमन्त्री नबनाई धोका दिएबापत् वैद्य पक्षले उनको राजीनामा मागेको थियो भने प्रचण्ड र बाबुरामको रक्षाकवच बनेका थिए । विवाद बढ्दै जाँदा वैद्य समूहले प्रचण्ड र बाबुराम दुवैलाई गद्धार घोषणा गर्दै पार्टी फुटाएको हो । अहिले दुबै समूहबीच एकताका लागि वार्ता चलिरहे पनि वैद्यबाट अलग भएको विप्लव समूहले दुैबलाई गद्धार घोषणा गरेको छ ।
प्रचण्ड र उपेद्र यादवको यस्तो छ कहानी
प्रचण्ड र उपेन्द्र यादज एकले अर्कालाई सफाया नै गर्ने तहसम्मको तिक्तता हुँदा पनि फेरि आवश्यकताले एकठाउँ आइपुग्छन् । जनयुद्ध सुरु भएपछि एमालेको राजनीति छाडेर एमाओवादीसँग नजिकिएका यादवले ०५७ सालमा पहिलोपटक प्रचण्ड र बाबुराम भेटेका थिए । त्यसबेला दुबै नेतालाई आफ्ेना केहि किताब र विभिन्न पत्रिकामा प्रकाशित लेख दिएर फर्केका उपेन्द्रबाट दुवै नेता प्रभावित बने । मधेसमा काम गर्ने गरी खुकुलो मोर्चा बनाउने उपेन्द्रको प्रस्तावलाई माओवादीले स्वीकृती दिएपछि ०५७ मा मधेसी जनअधिकार फोरम बनेको जन्मिएको थियो । ०६० सालसम्म आइपुग्दा तिनै उपेन्द्रसँग प्रचण्डको चर्काचर्की मात्र परेन, उनी आशंकाको घेरामा परिसकेका थिए ।
माओवादीले स्वायत्त जनसरकार घोषणा गर्दै जान थालेपछि तत्काल पार्टीमा क्षेत्रीय ब्युरो सदस्य रहेका उपेन्द्रले पूर्वदेखि पश्चिम तराईसम्मको एउटै मधेस प्रदेश घोषणा हुनुपर्ने माग गरे । सुरुमा त उपेन्द्रको भनाईलाई कसैले महत्व दिएनन्, तर बिस्तारै मधेसी नेतामा उनको प्रभाव बढ्दै गयो । मातृका यादवले त सिंगो तराइलाई मधेश प्रदेश नबनाइएको भन्दै पोलिटब्युरो र मधेस सरकार प्रमुखबाट राजीनामा नै बुझाए ।
मातृकालाई प्रचण्डले थामथुम पारेर राजीनामा त फिर्ता गराए तर उनको एजेन्डा तल्लो कमिटीसम्म छलफल गराउने आश्वासन दिनुपर्यो । यहीबिच प्रचण्डले उपेन्द्रलाई लिएर हेडक्वार्टरमा भेट्न आउनु भनी मातृकालाई खबर पठाए । मातृका उपेन्द्रलाई लिएर दिल्ली पुगे । दिल्लीमा सुरेश आले मगर बस्ने घरमा प्रचण्डको प्रतीक्षा गरेको केहि समयमै भारतीय प्रहरीले ३ जनालाई पक्राउ गर्यो । प्रचण्डपत्नी सीताले आज त्यहाँ नजानू बाहिरै बोलाएर भेटे पनि हुन्छ भनेका कारण जुत्ता लगाइसकेर पनि नगएकाले जोगिएको बताइन्छ । पक्राउ परेका मध्ये मातृका, सुरेश आलेलाई भारतीय प्रहरीले नेपाल सपुर्दगी गर्यो भने उपेन्द्र यादव रिहा गरिए । उनी रिहा भएपछि त आशंका पुरै चुलियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: