Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

कीर्तिमानी वयोवृद्ध आरोही शेरचन पुनः सगरमाथा चढ्दै

काठमाडौँ, वयोवृद्ध सगरमाथा आरोही मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट आरोहणको आफ्नो विश्व कीर्तिमान पुनः कायम गर्न यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन सर्वाेच्च शिखरको आरोहण गर्ने भएका छन् ।

हाल ८३ वर्ष ९ महिनाका शेरचन यसअघि विसं २०६५ जेठ १२ मा ७६ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका थिए । पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउरा ले सो रेकर्ड तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका हुन् ।

शेरचन शुक्रबारको साइतमा काठमाडौँबाट लुक्लातर्फ जाँदैछन् । नेपालकै ८२ वर्षीय पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायको ज्येष्ठ नागरिक आरोहीको कीर्तिमान कायम राख्न सगरमाथा आरोहणका क्रममा दुःखद् निधन भएको थियो ।

आरोहणबारे आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एमाले) का पर्यटन प्रवद्र्धन विभागका प्रमुख तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले शेरचनलाई खादा ओढाइ सफलताको कामना गरे । प्रमुख थापाले शेरचनले दोस्रो पटक आरोहणको साहस गरेकाेमा सफलताको कामना गरे । म्याग्दीको भुरुङ–९ तातोपानीमा जन्मनुभएका शेरचन भूतपूर्व गोरखा सैनिक पनि हुन् । उनले २०२ किमिको काठमाडौं —पोखरा यात्रा चार दिनमा र १०२८ किमिको मेची—महाकाली यात्रा २० दिनमा पैदलयात्रामार्फत पूरा गरि सकका छन् । उनले आफ्नो स्वेच्छाले यात्रा गर्न लागेको बताउँदै यसमा देशविदेशबाट प्राप्त सहयोग र सद्भावबाट उत्साहित भएको बताए ।

शेरचनले भने, \'मेरो आरोहणको मुख्य उद्देश्य बहादुरी देखाउने भन्ने मात्र नभई जन्म र कर्म दिने आमा र पृथ्वी आमाको सम्मान गर्नु हो ।\' अहिले समयमा पृथ्वी आमालाई सम्मान गर्नु अत्यावश्यक भएको जनाउँदै उनले पर्यावरणको सन्तुलन भएमा मात्र मानवकल्याण हुने बताए । आफूलाई अस्वस्थ भएकाले सगरमाथा चढ्न नसक्ने भनी केही भ्रम उत्पन्न गराइएकोमा असन्तोष जनाउँदै उनले आफू तन्दुरुस्त (पर्फेक्ट) रहेको बताए ।

शेरचनले आफ्नो मीठो खानाका लागि कोदाको पीठो पनि साथमा लिएर जानेछन् । सो आरोहणको व्यवस्थापन गरिरहेको हिमालयन गाइड्स नेपालका प्रबन्धक ईश्वरी पौडेलले शेरचनको आरोहणका लागि सलामी दस्तुर (रु ७५ हजार) निःशुल्क गर्न सरकारलाई लामो समयदेखि आग्रह गरिएपनि शुल्क तिरेरै ढिलो गरी अनुमति पाइएको गुनासो गरे । उनले आरोहणका लागि अक्सिजन व्यवस्थापनमा मात्रै साढे पाँच लाख रुपैयाँ लाग्ने बताए ।

आरोहण सहयोगका लागि नेपालमा क्रियाशील समितिका नेपाल संयोजक दुर्गाबहादुर बुढामगर (सागर) ले गैह्रआवासीय नेपालीले शेरचनको आरोहणका लागि सहयोग गरिरहेको बताए । यस्तै, नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगर, गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन) का अन्तर्राष्ट्रिय समितिका सदस्य सुषमा राई, एनआरएन, बेलायतका कल्पना आङबुहाङ, थकाली सेवा समाजका अध्यक्ष खगेन्द्र भट्टचनले पनि आरोहण सफलताको कामना गरेका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy