Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

शान्ति कायम गर्न धार्मिक गतिविधिको महत्व हुन्छ: नेता ओली

काठमाडौँ,  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नैतिकवान समाज निर्माण गरी दिगो शान्ति कायम गर्न धार्मिक गतिविधिको महत्व हुने बताएका छन् ।

नक्सालस्थित बालमन्दिरमा आज आयोजित श्री महाश्रमणज्यूको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव जाति तथा समुदायलाई आध्यात्मिक दर्शनको माध्यमबाट अहिंसापूर्ण समाज निर्माण भई मानिसलाई सत्कर्ममा लाग्न गुरुले दिनुभएका उपदेश उपयोगी हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा गुरु महाश्रमणज्यूले सम्पूर्ण प्राणीको कल्याणको भावनाले मात्र शान्तिपूर्ण र सहअस्तित्वको समाज विकास हुने विचार व्यक्त गर्दै विभिन्न देवदेवताका नाममा हुने पशुबलिको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले भने–\'आत्मशुद्धीको साधना नै धर्म हो, धर्मले चेतनाको उत्थान र धार्मिक भावनाको विकास गर्दछ, त्यसले सुदृष्टि तथा संयम पैदा गरी अहिंसाको मार्गमा सहयोग गर्दछ ।\' नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, उद्योगी राजेन्द्र खेतान, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल बाल सङ्गठनका महासचिव सुवासकुमार पोखरेललगायतले एक महिनासम्म सञ्चालन हुने सो प्रवचनको सफलताको कामना गर्दै धर्मलाई मानव कल्याणका लागि उपयोग गर्नुपर्ने बताए । जैन दर्शनका अन्तर्राष्ट्रिय धर्मगुरु महाश्रमण केही दिनअघि नेपालमा प्रवचन दिन तथा अन्य धार्मिक गतिविधिमा सहभागी हुन भारतबाट आएका हुन् । आउँदो जेठ ८ गतेसम्म सो प्रवचन सञ्चालन हुनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending