काठमाडौँ, नेपाल शान्ति कोष सचिवालयको १७आैँ बोर्ड बैठकले शान्ति स्थापनाको रणनीतिक कार्यान्वयनमा सहयोग पु¥याउन रु दुई अर्ब ४० करोड बजेट अनुमोदन गरेको छ ।
सचिवालयको आज यहाँ बसेको बैठकले अनुमोदन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष एवम् शान्ति तथा पुनर्निर्माणमन्त्री नरहरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सरकार, युरोपेली युनियन र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)को संयुक्त सहकार्यमा बन्न लागेको रणनीतिक कार्यक्रममा सहयोग गर्ने सम्झौतामा पनि आजै हस्ताक्षर भएको छ ।
शान्तिमन्त्री आचार्य र अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा भएको सम्झौतामा सरकारका तर्फबाट शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जाली, युरोपेली सङ्घका राजदूत रेन्जे टिरिन्क, युएसएआइडीका निर्देशक बेथ डनफोर्डले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा मन्त्री आचार्यले सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्न शान्ति तथा पुुनःनिर्माण मन्त्रालय र शान्ति कोष सचिवालयमार्फत हतियार व्यवस्थापन र सेना समायोजन भइसकेको सन्दर्भमा कहिलेसम्म मन्त्रालयले गतिविधि सञ्चालन गर्ने भन्ने विषय उठ्न थालेको बताए ।
\'सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको समय २ वर्ष र १ वर्ष थपेर ३ वर्ष कायम गर्न सकिने भएकाले त्यस समयसम्म शान्ति प्रक्रियाका बाँकी सबै काम सम्पन्न गरिनुपर्छ\'–सचिवालय बोर्डको अध्यक्षसमेत रहेका मन्त्री आचार्यले भने –\'शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याई जनजीवनलाई सामान्य अवस्थामा लैजान स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको छ ।\'
अर्थमन्त्री एवम् बोर्डका सहअध्यक्ष महतले सचिवालयबाट खर्च भएको भन्दा बढी रकम शान्ति प्रक्रियाका अन्य काममा खर्च भएको बताए । \'एक साताअगाडि मात्र रु एक अर्ब २५ करोड शान्ति प्रक्रियाका लागि सरकारी कोषबाटै खर्च भएको छ, सचिवालयले खर्च गरेको रकम मात्र शान्ति प्रक्रियाका लागि खर्च भएको हो भनी बुझ्न हुँदैन\'–उनले भने ।
मन्त्रालयका सचिव एवम् बोर्डका सदस्यसचिव पुञ्जालीले चार चरणमा गरी शान्ति स्थापनाका कार्यक्रम २०७४ असार मसान्तसम्म सम्पन्न गरिने लक्ष्य राखिएको जानकारी दिए ।
कोषका निर्देशक मुकुन्दप्रसाद पौडेलले सरकार र दाता दुवैबाट शान्ति स्थापनाको कार्यमा रकम वृद्धि गरिने अपेक्षा गरिएको बताए ।
सशस्त्र द्वन्द्वका क्रममा आठ हजार ९१६ वटा भौतिक संरचना भत्काइएकामा तीन हजार ३०६ वटा संरचननाको पुनःनिर्माण भएको, केही पुुनःनिर्माण हुँदै र केहीको पुनःनिर्माणको कार्यक्रम बन्न लागेको सो अवसरमा जानकारी गराइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: