Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

प्रधानमन्त्री देउवाको दिल्ली यात्रा: अप्ठ्यारो र अवसर

[caption id=\"attachment_31627\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । यो क्षेत्रमा चुलिएको भूराजनीतिक टकराव र घरेलु राजनीतिको महत्वपूर्ण मोडमा प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणले गहिरो राजनीतिक अर्थ राख्ने एकथरीको मत छ । तर अर्काथरी, नेपालमा छिटो छिटो सरकार बदलिरहने, र भारतीय औपचारिक निम्तो नपाएका केही अपवादलाई छाडेर, बर्सेनि जसो नेपाली प्रधानमन्त्री दिल्ली पुग्ने गरेकाले यसपटकको भ्रमण केवल \'परम्पराकै निरन्तरता\'मा सीमित हुनसक्ने ठान्छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता सम्हालेको करिब साढे दुई महिनापछि आफ्नो पहिलो औपचारिक विदेश यात्रामा अाज भारत गए । करिब २१ वर्षअघि प्रधानमन्त्रीका रुपमा पहिलोपटक दिल्लीको पाहुना बनेका देउवाले त्यसपछि दुईपटक त्यही हैसियतमा भारतीय आतिथ्य पाए । तर अाजबाट शुरु हुने उनको भ्रमण महाकाली सन्धि, डुबान समस्याको समाधान जस्ता विगतका तिनै दिल्ली भ्रमणमा उठेका विषयको कार्यान्वयनमा जोड दिनमै केन्द्रित हुनेजस्तो देखिन्छ । नेपालसँग गाँसिएका योजनाहरु कार्यान्वयनमा यस्ता भारतीय ढिलासुस्तीले दिल्लीप्रति नेपालमा चरम अविश्वास बढाउन मद्दत गरेको पाइन्छ । त्यो अविश्वास कम गर्ने तथा देउवालाई देश फर्कंदा देखाउन सकिने ठोस उपलब्धिका केही उपहार दिने अवसर पछिल्लो भ्रमणले दिल्लीलाई दिनेछ । यसपटक नेपाली घरेलु राजनीतिलाई लिएर दिल्ली-दबाब देउवामाथि कम पर्नेछ किनकि भारतीय रुचि देखिएको संविधान संशोधनको मुद्दा विफल भएपनि तत्कालका लागि विश्राम पाएजस्तो देखिन्छ । अनि, नाकाबन्दीको आगोमा पोलिएको आफ्नो हातमा असन्तुष्ट तराई केन्द्रित दललाई चुनावमा भाग लिन प्रोत्साहित गरेर वा संशोधनमा आफ्नो अडान खुकुलो पारेर मल्हम लगाउने कोसिसमा दिल्ली रहेको प्रतीत हुन्छ । तर संविधानलाई जानकारीमा मात्रै लिएको तर स्वागत नगरेको भारतीय पक्षबाट, त्यही संविधान कार्यान्वयनका लागि अत्यावश्यक, चुनावहरु तोकिएकै मितिमा गराउन शर्तरहित सदभाव हासिल गर्नु देउवालाई सहज भने हुनेछैन । दोक्लामको अप्ठ्यारो अर्को, भारत-चीनबीच देखिएको पछिल्लो सीमा विवादमा नेपालले भारतीय चासोलाई बुझिदियोस् भन्ने अनौपचारिक सन्देश दियो भनेपनि देउवा अप्ठ्यारोमा पर्नेछन् । दोक्लाम विवाद नेपालसँग विल्कुल सम्बन्धित छैन तर भारतीय सञ्चारमाध्यम लगायतको पक्षले यो भ्रमणलाई दिल्लीप्रतिको नेपाली झुकावको रुपमा व्याख्या गर्ने कोसिस अवश्य गर्नेछ । त्यस्ता कोसिसबाट देउवा कसरी जोगिन्छन् र आइपर्दा नेपालको तटस्थताको नीतिबारे भारतीय पक्षलाई कसरी आश्वस्त पार्न सक्छन् त्यसले नै उनको कूटनीतिक कुशलता दर्शाउनेछ । सँगसँगै, भारतीय समर्थनको गठवन्धनबाट सिंहदरबारको भर्‍याङ् उक्लिएको कैयौँको आरोपबीच, देउवासामू दिल्लीको अनुकूल लाग्ने खालका दुईपक्षीय विषयमा नलतारिएर घरभित्रको आलोचना कम गर्ने अवसर रहेको ठान्नेहरु पनि कम छैनन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending