Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

मेलम्चीमा पहिरो, त्रासमा स्थानीयबासी

[caption id=\"attachment_149882\" align=\"alignleft\" width=\"750\"]\"\" गएराति मेलम्ची बजारमा गएको पहिरो[/caption] सिन्धुपाल्चोक । मंगलबार रातभर अविरल वर्षा हुँदा मेलम्चीबासी त्रासमा रहे । वर्षा पछि आएको पहिरोले मेलम्ची बजारको दुई घरमा क्षति समेत पु¥यायो । अन्दाजि बिहान ३ बजेतिर पहिरोले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष महेशकुमार श्रेष्ठको घर र संगै रहेको योङ्ग तामाङ्गको मोटरसाईकल वर्कशपमा आंशिक रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । पहिरोसंगै आएको दुईओटा रुखले घरको छानोमा थिचेको छ भने यातायात पनि अबरुद्ध भएको छ । त्यसका साथै नम्बर प्लेट नखुलेको एउटा मोबाईल सेल्सको सानो भ्यानमा पनि क्षति पुगेको छ । पहिरोले ३० मिटर सडकमा पुरै माटो ढुंगा र रुखहरु थुपारीदिएको छ । अहिले मेलम्ची प्रहरी निरीक्षक नवराज ढुंगानाको नेतृत्वमा रहेको प्रहरी टोली र नेपाली सेनाको टोलीले पहिरो पन्छाउने काम गरीरहेका छन् । पहिरोले सडक पूरै ढाकेका कारण आज दिनभरी नै यातायात सञ्चालन हुन नसक्ने प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । पहिरो हटाउन समय लाग्ने भएकाले यातायात सञ्चालनमा आउन नसक्ने उनको भनाई छ । पहिरो गएको ठाँउ जोखिमपुर्ण रहेकाले अझै पहिरो खस्न सक्ने सम्भावना रहेकोले स्थानियलाई सजग हुन पनि प्रहरीले सुझाव दिएको छ । बाटोमा झरेको पहिरो हटाएर बाटो खुल्ला गरीएपनि पहिरोमाथिको भागमा रहेको ढुंगा र रुखहरु हटाउनपर्ने भएकाले आज दिनभरी नै यातायात र पैदल यात्रु सबैलाई उक्त स्थानमा रोक लगाईएको र बैकल्पिक बाटोको प्रयोग गरीने प्रहरीले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending