Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

विप्लव माओवादी बाेल्याे ‘स्वाइन फ्लु’ महामारीबारे

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले देशमा ‘स्वाइन फ्लु’ महामारीले विकराल रुप लिइरहेका बेला प्रधानमन्त्रीले विदेश भ्रमण गरेको भन्दै तीव्र आपत्ति प्रकट गरेको छ । महामारीपीडित नागरिकप्रति राज्यको बेवास्ताबारे विरोध जनाउँदै सो पार्टीले बिहीबार विरोध प्रदर्शन र सभा समेत गर्ने भएको छ । पार्टीको तर्फबाट स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रिय महामारीको रुप लिन थालेको जाजरकोट जिल्लाको पैक गाविसबाट सुरु भएको प्राणघातक ‘स्वाइन फ्लु’ रोग आजसम्म आइपुग्दा कालिकोट, रुकुम, दैलेख, सुर्खेत, अछाम र जुम्ला गरी सात जिल्लामा फैलिई कालिकोटमा १ सहित गरी २८ नागरिकको मृत्यु हुनुका साथै हजारौं संख्यामा बिरामी बनाएको छ । सर्वप्रथम मृतकहरुप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, पार्टी आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ र बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । राष्ट्रप्रमुख र राज्य सञ्चालनमा रहेका व्यक्ति विभिन्न कार्यक्रममा विदेश पुगेको अवस्थामा देशमा कुनै घटना–परिघटना र दुर्घटना हुँदा कार्यक्रम छाडेर देशमा फिर्ता हुन्छन् । तर, कथित लोकतान्त्रिक सरकारका प्रधानमन्त्री देशमा डरलाग्दो रोगको प्रकोप फैलिई त्यसबाट दर्जनौं नागरिकको मृत्यु र हजारौं बिरामी पर्ने क्रम तीव्र भइरहेको बेला त्यसप्रति न्यूनतम चिन्ता, चासो र संवेदनशीलता समेत नदेखाई विदेश भ्रमणमा निस्केका छन् । सरकार र विभागीय मन्त्री लाचार रुपमा प्रस्तुत भइरहेका छन् । जनता दिनप्रतिदिन ‘स्वाइन फ्लु’ को मुखमा परी ज्यान गुमाइरहेका छन् भने हजारौं संख्यामा बिरामी न्यूनतम उपचार नपाएर मृत्युसँग लडिराखेका छन् । रोगको प्रकृति र त्यसको फैलिँदो गतिलाई दृष्टिगत गर्दा अब पनि नियन्त्रण नगर्ने हो भने सिङ्गो नेपाली नागरिक ‘स्वाइन फ्लु’ को महामारीको शिकार हुनुपर्ने खतरा र आतंक व्याप्त बन्दै गइरहेको छ । राष्ट्रको यो गम्भीर अवस्थामा सरकारलाई जिम्मेवार बनाउन आम रुपमा खबरदारी गर्नु हाम्रो पार्टीले आफ्नो कर्तव्य ठान्दछ । तसर्थ, उक्त कार्यका लागि हाम्रो पार्टीको आयोजनामा २०७२ वैशाख १० गते दिउँसो ३ बजे राजधानीको शान्तिबाटिकाबाट विरोध प्रदर्शन सुरु भई ४ बजे सुन्धारामा विरोधसभा हुन गइरहेको छ । उक्त विरोधसभामा सहभागिता जनाउन आम जनसमुदायलई हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE