Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

मन्त्री कोइरालाले एनजिओ र आइएनजिओबारे यस्तो भनिन्

\"\"काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताएकी छिन् । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको बताइन् । समाज कल्याण ऐन संशोधन गरेर एनजिओ र आइएनजिओलाई व्यवस्थित र नियमन गरिने बताइन् । समाज कल्याण ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको जानकारी दिदै मन्त्री कोइरालाले भनिन्, “राष्ट्रिय बजेटभन्दा बढि एनजिओ आइएनजिओको बजेट हुँदोरैछ । तर प्रभावकारी काम भएको पाइएन । त्यसैले समाज कल्याण ऐन परिवर्तन गरेर एकद्धारा प्रणाली लागु गर्नुपर्छ ।” अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु विभिन्न उद्देश्यले आउने गरेको बताउँदै मन्त्री कोइरालाले सबै संस्थाले समाजको हितमा काम नगर्ने हुँदा कडा रुपमा प्रस्तुत हुनुपर्ने बताइन् । त्यस्ता संस्थाले गर्ने योगदानको कदर गर्दै ऐन संशोधन गरिने मन्त्री कोइरालाको भनाई छ । मन्त्री कोइरालाले महिला बालबालिका र जेष्ठ नागरिकको हितका लागि ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी मन्त्री कोइरालाले दिइन् । महिलाको सहजताका लागि केही महत्वपूर्ण योजना अघि सारिएको भन्दै मन्त्री कोइरालाले भनिन्, “महिला विरुद्धको कूरीति, कूसंस्कार र अपराधिक घटना अन्त्य गर्नका लागि काम भइरहेको छ । हरेक स्थानीय तहमा महिला हिंसा र अपराध रोक्नका लागि ¥यापिड रेस्पोन्स एण्ड एक्सन टिम निर्माण गरिने छ ।” जेष्ठ नागरिकका, अपाङ र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउनका लागि पनि आफूले पहल गरिरहेको मन्त्री कोइरालाले बताइन् । त्यस्तै असहाय र सडक बालबालिकाको संरक्षणका लागि पनि नयाँ कार्यक्रम ल्याइने मन्त्री कोइरालाको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending