Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

सेनाले सुनौलो इतिहास रच्ने

  \"\"काठमाडौं । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडाँै उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना ९फाष्ट ट्रयाक० निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ । चारवर्ष अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो ठूलो आयोजनाको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । सो द्रुतमार्ग २५ मिटर चौडाइको हुने जनाएको छ । चालु आवको बजेटमा सरकारले यो द्रुतमार्ग निर्माणमा रु १० अर्व १३ करोड बजेट विनियोजन गरेको छ । सडक निर्माणका लागि नेपाली सेनाले १० स्थानमा कम्तीमा पनि प्रत्येक क्याम्पमा १०० जना प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित सेना तैनाथ गर्ने कार्य शुरु गरिसकेको छ । दु्रतमार्ग निर्माणपछि तराई–मधेसबाट काठमाडौँ डेढ घण्टामा आइपुग्नका साथै काठमाडौँ उपत्यकामा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्रै पनि वार्षिक रुपमा करिब रु १० अर्ब बचत हुने जनाएको छ । द्रुतमार्गको निर्माण समयमै पूरा गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्व र प्रधानसेनापतिको अध्यक्षतामा बेग्लाबेग्लै निर्देशन तथा अनुगमन समिति गठन गरिएको छ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको ट्रान्जिट मार्गको रुपमा रहने यो मार्गमा डेढ किलोमिटर लामो सुरुङ र ९९ वटा पुल रहने छन् । यो मार्गको ट्रयाक पनि नेपाली सेनाले नै खनेको हो । नेपाली सेनाले आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको पनि सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेको छ । नेपाली सेनाले हालसम्म मुलुकका २८ वटा सडक निर्माणको जिम्मेवारी पूरा गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । ती सडकको लम्बाइ एक हजार १०० किलोमिटर भएको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक उद्धव विष्टले जानकारी दिनुभयो । नेपाली सेनाले ओखलढुंगा–कटारी, सुर्खेत–जुम्ला, बेँसीशहर– चामेजस्ता २८ वटा सडक तोकिएको मिति अगाडि नै निर्माण पूरा गरेको थियो । मुलुकका विभिन्न स्थानमा सेनाले २८ वटा बेलिबृज जडान गरिसकेको छ । कठिन भूबनोट, भौगोलिक विकटता, प्रतिकुल मौसम, हवाई साधनमा मात्र निर्भरता, पहुँच मार्गको कठिनाइजस्ता चुनौतीको सामना गर्दै नेपाली सेनाले खनेका सडक सामारिक र रणनीतिक हिसाबले निकै महत्वपूर्ण रहेको प्रमुख सेनानी इन्दिवर गुरुङले जानकारी दिनुभयो । नेपाली सेनाले खनेका सडक गुणस्तरीय र कम लागतका हुने तथा तोकिएको समयसीमाभित्रै पूरा हुने भएकाले पछिल्लो समय सरकारले नेपाली सेनालाई त्यसको जिम्मेवारी थप गर्दै गएको हो । नेपाली सेनाले अहिले पाँचवटा सडक निर्माण गरिरहेको र त्यसको लम्बाइ ५२५ किमी रहेको प्रमुख सेनानी गुरुङले बताउनुभयो । द्रुतमार्ग निर्माणको विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग जोडेर विवाद र बहस चलाएपछि सरकारले उक्त सडकको जिम्मेवारी नेपाली सेनालाई दिएसँगै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १४ गते बाराको निजगढमा शिलान्यास गर्नुभएको हो । ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जेडिने उक्त मार्गको ट्रयाक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो । बाराको निजगढमा बन्ने अन्तरराष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्ने छ । विश्वशान्ति स्थापना कार्यको ६० वर्षको यात्रामा द्वन्द्वग्रस्त मुलुकका जनताको मन जितेर पिस च्याम्पियनको छवि बनाएको नेपाली सेनाले द्रुतमार्ग निर्माणसँगै सडक पूर्वाधारण निर्माणमा पनि कीर्तिमान कायम गर्ने अभियानमा जुटेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending