Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

माओवादी केन्द्रले अखिल क्रान्तिकारीबारे यस्तो भन्यो

\"\"काठमाडौं । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा कुनै पनि उम्मेदवार पार्टीको आधिकारिक उम्मेदवार नभएको माओवादी केन्द्रले स्पष्ट पारेको छ । माअोवादी केन्द्रले विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनको नेतृत्वका लागि भइरहेको निर्वाचनमा पार्टीका तर्फबाट कोही पनि आधिकारिक या अनाधिकारिक उम्मेदवार छैन । “नेतृत्व चयन सकेसम्म सर्वसम्मत होस् भन्ने हाम्रो पार्टी को धारणा हो ।” “यदि सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गरियोस् भनेर सुझाव दिइएको छ ।” पार्टीले चुनावमा उम्मेदवार तोक्ने या कसैको पक्षमा मतदान गर्ने कुनै पनि निर्णय नगरेको विज्ञप्तिमा स्पष्ट गछ । “विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ताहरु पार्टीका लागि समान रहेको कुरा हाम्रो पार्टी स्पष्ट गर्दछ ।” अखिल क्रान्तिकारीको निर्वाचनमा कतिपयले माओवादी शीर्ष नेताहरुसँग जोडेर विद्यार्थी उम्मेदवारहरुलाई प्रस्तुत गरेको सन्दर्भममा पार्टी प्रवक्ता भुसालको यो भनाई सार्वजनिक भएको हो । अहिले क्रान्तिकारीको निर्वाचनमा अध्यक्षका लागि रञ्जित तामाङ र अनिल शर्माबीच प्रतिष्पर्धा रहेको छ । पार्टीले अन्तसम्म पनि सहमतिका लागि जोड दिने र नभएमा स्वस्थ्य प्रतिष्पर्धा गर्नुपर्ने सुझाव यसअघि समेत दिएको थियो । विद्यार्थीको निर्वाचनमा अन्य संगठनको जस्तो अस्वस्थ्य र पूँजिवादी प्रवृत्तिको निर्वाचनको झल्को देखिएको भन्दै कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा हारे या जिते पनि अखिल क्रान्तिकारीकै उम्मेदवार हुने भएकोले अन्य संगठनसँग प्रतिष्पर्धा गरेजस्तो प्रचारबाजी नगर्न धेरै नेता तथा शुभेच्छुकहरुले सुझाव दिएका छन् । सम्मेलनको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले समेत विद्यार्थी संगठनमा आदर्श र निष्ठा स्खलित भएकोमा चिन्ता व्यक्त गरेका थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending