Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

जनप्रतिनिधिका छोराछोरी बोर्डिंगमा पढाउन नपाउने

\"\"कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । सामुदायिक विद्यालयप्रति विश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधि र राजनीतिक दलका नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढ्ने व्यवस्था मिलाउन अभियान सञ्चालन गर्ने जनाएको छ । राज्यको ठूलो लगानी शिक्षामा गरिएको भए पनि प्रतिफल शून्य भएकाले सरकारी विद्यालयप्रतिको घट्दै गएको अभिरुचि जगाउनका लागि समाजका अगुवाका रुपमा रहेका समुदायका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभियान सञ्चालन गरिएको नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले बताए । आफै सरकारी विद्यालयमा पढाउने शिक्षकलेसमेत छोराछोरीलाई निजी विद्यालयमा पढनका लागि पठाउने गरेको पाइएको छ उनले भने, “यसलाई निरुत्साहित गरी सामुदायिक विद्यालयमासमेत निजी विद्यालयको भन्दा गुणस्तरीय पढाइ गर्नका लागि कार्य अगाडि बढाएका छौँं ।” समाजका अगुवाका छोराछोरीले सरकारी विद्यालयमा पढन थालेपछि सरकारी विद्यालयको खस्कदै गएको छविमा सुधार भई सहज र सुलभ रुपमा पढने वातावरण कायम हुने विश्वास उनले व्यक्त गरे । नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न र भौतिक पूर्वाधार विकासका लागि आवश्यकताका आधारमा बजेटको व्यवस्था गर्न प्रतिवद्ध भएको प्रमुख ऐरले बताए । “विद्यालयका परिणामका आधारमा उपलव्ध गराउने गरी आठ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ”उनले भने । नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले यस अभियानलाई अगाडि बढाउनका लागि सबैको सहयोगको खाँचो रहेको बताए । “सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि समाजका अगुवाहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेपछि दृष्टिकोणमा समेत परिवर्तन आउने छ” अधिकृत बुढाले भने । शुक्लाफाँटा नगरपालिकामा आधारभूत तहको पढाइ हुने सामुदायिक विद्यालय १८ र माध्यमिक तहको पढाइ हुने विद्यालयको संख्या नौ रहेको छ । दुबै तहका विद्यालयमा गरी झण्डै आठ हजारभन्दा बढी बालबालिका अध्ययनरत् छन् । नगरपालिकामा निजी विद्यालय २७ वटा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending