Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

क्रान्तिको दिशामा अगाडि बढ्ने किरणको प्रतिबद्धता

काठमाडौं, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्ने दृढ प्रतिबद्धता दोहोर्याएका छन् । अन्तर्राष्ट्रिय जगतमा कम्युनिस्ट विचारका संस्थापकमध्येका एक भ्लादिमिर इल्यिच लेनिनको जन्मदिन तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष किरणले उल्लेख गरेका छन्– ‘आज २२ अप्रिलको दिन हो । यो दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता भ्ला. इ. लेनिनको जन्म जयन्ती हो । आजैको दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो ।’ माओवादी अध्यक्ष किरणद्वारा बुधबार जारी विज्ञप्तिमा अगाडि लेखिएको छ– ‘आज नेपाली कम्युनिस्ट आन्दोलनले अनेकौं आरोह–अवरोह तथा विभाजनका बीचबाट ६६ वर्ष पार गरेको छ । यस अवधिमा पार्टी अनेकौं जनसङ्घर्ष, राष्ट्रिय सङ्घर्ष र क्रान्तिका बीचबाट अगाडि बढ्दै आएको छ । यसै प्रक्रियामा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि २०५२ फागुन १ गतेदेखि हामी महान् जनयुद्धको प्रक्रियामा अगाडि बढ्यौं । महान् जनयुद्धले गम्भीर धक्का खाए पनि हामी त्यस धक्काबाट आवश्यक पाठ सिक्तै तथा नेपाली कम्युनिस्ट आन्दोलनमा हावी रहिआएको दक्षिणपन्थी संशोधनवादका विरूद्ध कडा विचारधारात्मक सङ्घर्ष चलाउँदै फेरि पनि क्रान्तिको प्रक्रियामा दृढ सङ्कल्पका साथ अगाडि बढिरहेका छौं ।’ विज्ञप्तिको अन्त्यमा अध्यक्ष किरणले उल्लेख गरेका छन्– ‘हाम्रो पार्टी लेनिन जयन्ती तथा पार्टी स्थापनाको यस ऐतिहासिक अवसरमा महान् नेता लेनिनको विशेषको संस्मरण गर्दै वहाँप्रति विशेष सम्मान प्रकट गर्दछ । साथै, हाम्रो पार्टी पार्टी स्थापनाको ६६ औं दिवसका अवसरमा आदरणीय जनसमुदाय, पार्टीका सम्पूर्ण कमरेडहरू र सबै कमरेड तथा मित्रहरूप्रति हार्दिक शुभकामना प्रकट गर्दछ । त्यसैगरी, पार्टी यस ऐतिहासिक अवसरमा माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नेपालमा नोकरशाही तथा दलाल पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादका विरूद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्न पुनः दृढ प्रतिबद्धतासमेत जाहेर गर्दछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy