Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

गृहमन्त्री शर्मा र संयुक्त राष्ट्रसंघको आवासिय संयोजकबीच के–के भयो कुराकानी ?

\"\"काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भेरिया जुलियाण्ड बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार गृहमन्त्रालयमा आयोजित शिष्टाचार भेटमा गृहमन्त्री शर्माले सय बर्षको ईतिहाँसमा नेपालमा बाढीले सवैभन्दा ठुलो क्षती गरेको जानकारी दिँदै विपद् ब्यवस्थापन ऐन कम्तिमा एक साताभित्र ब्यवस्थापिका संसदमा पेश गरिने बताए । बाढी प्रभावित परिवारलाई पुनस्र्थापित गर्ने लगायतका काम चाँडै गर्ने प्रयत्नमा आफु लागेको जानकारी दिँदै मन्त्री शर्माले डुबानमा परेका परिवालाई अन्यत्र सार्न संभव नहुने भएकाले तराई क्षेत्रमै पुनस्र्थापना गरिने बताए । सरकारी संयन्त्रलाई बाढीको क्षती मुल्यांकनका लागी परिचालन गरिएको उल्लेख गरे । ‘क्षती मुल्यांकनको कार्य सकिएपछी पुनस्र्थापना र क्षतिपुर्ती बारे निर्णय गर्छौ । बिपद् ब्यवस्थापनका लागी हरेक टोलमा भोलेन्टीयर ब्युरो गठन गरेर तालिम दिने सोचमा छु’ मन्त्री शर्माले भने, ‘आगामी बर्षामा संभावित बाढीलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे पनी दिर्घकालिन योजना बनाएर लागु गर्ने छौं ।’ शिष्टाचार भेटवार्ताका क्रममा संयुक्त राष्ट्रसंघकी आवासिय प्रतिनीधी जुलियाण्डले गृहमन्त्री शर्माले अगाडी सारेको ८४ बुँदे गृह प्रसासन सुधार मार्गचित्रबारे आफु जानकार रहेको बताइन् । ‘उर्जामन्त्री हुँदा तपाईले जादु गर्नुभएको थियो’ जुलियाण्डले भनिन्, ‘अहिले गृहमन्त्री हुँदा बिपद् ब्यवस्थापन बारे के गर्दै हुनुहुन्छ, ध्येय जान्न पाउँ ।’ बाढी प्रभावित बस्तिमा वितरण हुने राहत कार्यक्रमा पनी राजनिती हुने खतरा औंल्याउँदै आवासिय संयोजक जुलियाण्डले तेस्रो चरणमा हुन लागेको स्थानिय निर्वाचनमा बाढीको प्रभावबारे जिज्ञासा समेत राखिन् । जवाफमा मन्त्री शर्माले राहतमा हुने राजनितीलाई निर्वाचन आयोगमार्फत नियन्त्रण गर्न खोजिएको जानकारी दिँदै राज्यको रेकर्डमा राखेर मात्र राहत वितरण गरिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending