Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

कमिशन विवादले विद्युत विस्तारमा ढिलाई

\"\"पाल्पा । कमिशन रकम नपाएकै कारण पश्चिम पाल्पास्थित बल्ढेङगढीमा विद्युत विस्तारको काममा ढिलाई भएको छ । गत आर्थिक वर्षभित्रै सक्नुपर्ने काम समेत हुन सकेको छैन । बल्ढेङगढीमा गठित विद्युत विस्तार उपभोक्ता समिति लाचार हुँदा गत आर्थिक वर्षको बजेटको समेत काम पुरा हुन सकेको छैन । स्थानीय रामबहादुर कुँवरको अध्यक्षतामा गठित समितिले गत आर्थिक वर्षमा गर्नुपर्ने काम नगरि बजेट भने रकमान्तर गरेको छ । साविकको बल्ढेङगढी गाविसबाट छुट्याईएको साडे २४ लाख रकम के कति खर्च भयो भन्ने समेत समितिलाई चेत छैन । हालसम्म ८ लाख रकमको मात्र काम भएको अनुगमन समितिका संयोजक रमेश कार्कीले जानकारी दिए ।उनले भने, ‘म समितिको कामबाट कत्ति पनि सन्तुष्ट छैन्, गत आर्थिक वर्षको रकम नियमविपरित रकमान्तर गराइएको छ । यस्तो गर्नेलाई कारवाही हुनुपर्छ ।’ पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समितिले लापरवाही गरेर काममा ढिलाई गरेको कार्कीले उल्लेख गरे । रैनादेवि छहरा गाउँपालिका वडा नं ७ मा पर्ने साविकको बल्ढेङगढी गाविसका स्थानीयले गत वर्ष नै घर वाईरिङ गरेर बसेका छन् । तर विद्युत विस्तार समितिले साविक बल्ढेङगढीका दुईवटा वडा ८ र ९ को बल्ढेङ र धारापानीमा मात्र तार तथा पोल पु¥याएको छ । वडा नं २, ३, ४, ५, ६ र ७ मा विद्युत विस्तारको काम कुनै पनि काम शुरु हुन सकेको छैन । यसबारे समितिका अध्यक्ष रामबहादुर कुँवरले अस्पष्ट प्रतिक्रिया दिएका छन् । उनले भने, ‘काम भइरहेको छ अझै १० लाख रकम बाँकी छ ।’ उक्त समितिले तानसेनको एक ठेकेदार कम्पनीबाट तार र पोल खरिद गर्ने गरेको भएपनि समिति भित्रकै किचलोका कारण काममा ढिलाई भएको अध्यक्ष्य कुँवर बताउँछन् । हालै निर्वाचित बल्ढेङगढीका वडापालिका अध्यक्ष देवेन्द्र पुनले भने, ‘समितिकै पदाधिकारी नमिल्दा ढिलो भएको छ । मैले समन्वयको काम गरिरहेको छु ।’ उता बल्ढेङगढी गाउँपालिकाका सचिव हुमबहादुर कुँवरले सबैको दवावमा बजेट फ्रिज हुन नदिनको लागि रकममान्तर गरेको प्रतिक्रिया दिएका छन् । तर नियमसंगत रुपमा बजेट रकमान्तर गर्न पाईदैन । रकमान्तर गरेको करिब दुई महिनासम्म पनि काम पुरा हुन नसकेपछि स्थानीयहरु रुष्ट बनेका हुन् । अघिल्लो आर्थिक वर्षमा नै गर्नुपर्ने काम भदौ महिनासम्म पनि नभएपछि यो समिति विघटन गर्नुपर्ने माग स्थानीय रमेश कार्कीले गरे । स्थानीयको बुझाईमा समितिका अध्यक्ष कुवँर र सचिव सोमबहादुर रायमाझीबीच कार्यशैली नमिल्दा काममा ढिलाई भएको छ । कतिपयले भने ठेकेदारसंग कमिशन रकममा कुरा नमिल्दा काम ढिलो भएको बताएका छन् । स्थानीय दलबहादुर खड्काले भने, ‘कुरा कमिशन रकमको आएको छ, त्यसैले यो समितिलाई खारेज गरेर नयाँ समिति निर्माण गर्नुपर्छ ।’ उता ठेकेदार गोपाल पौडेले पनि कमिशन मागेको खुलाएका छन् । यसबारेको जिज्ञासामा पौडेलले भने, ‘मलाई समितिको एकजनाले कमिशन मागेका थिए मैले दिइन, मलाई रकम दिएजतिको सामान पठाएको छु ।’ आफ्नो कारणले काममा ढिलाई नभएको जनाउदै पौडेलले आफूले हालसम्म १० लाख रुपैयाँ मात्र रकम पाएको र उक्त रकम भन्दा बढीको सामान पठाएको दावी गरे ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending