Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

‘ए मेरो हजुर २’ले पहिलो दिन कति कमायाे ?

\"\"काठमाडाैं । यस हप्ता शुक्रबारे साइत पारेर नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ देशव्यापी हलहरुमा स्थान पाएको छ । सुखद् कुरा के छ भने चलचित्र प्रदर्शनको पहिलो दिनको व्यापार कूल ७८ लाख ८ हजार ७१ रुपैयाँ ग्रस कलेक्शन गरेको छ । देशव्यापी रुपमा एकसाथ प्रदर्शनमा आएको यस चलचित्रले राजधानीका गोपीकृष्ण मुभिज, अष्टनारायण हलका चारवटै पर्दाहरुमा यसले विहानी, दिउँसो अनि रातीको शोमा समेत हल फुल भएको छ । काठमाडौं उपत्यका भित्रमात्र ‘ए मेरो हजुर २’ ले कुल ४५ लाख ५० हजारको कलेक्सन गरेको चलचित्रले मोफसलबाट ३३ लाख २१ हजार कलेक्शन गरेको वितरकहरुले बताएका छन् । ‘ए मेरो हजुर २’ को प्रिमियरबाट दर्शकहरुको गतिलो साथ पाएको छ भने चलचित्र प्रदर्शनपछि पनि चलचित्रले आशालाग्दो दर्शक पाएको निर्माण पक्षले जनाएको छ । झन् शनिवार सार्वजनिक बिदा परेका कारण काठमाडौंको विभिन्न हलहरुमा बिहानैदेखि ‘ए मेरो हजुर २’ हेर्नका लागि दर्शकहरुको भीड लागेको छ । मल्टिप्लेक्सका शनिबार बिहानका प्रायः शोहरु शुक्रबार बेलुका नै ‘शोल्ड आउट’ भइसकेका थिए । साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी छन् । सुनिल कुमार थापा चलचित्रका निर्माता हुन् । चलचित्रमा दुई युवा–युवतीको बाल्यकाल र किशोरअवस्थाको प्रेम पाईन्छ । उत्कृष्ट मेकिङ्ग, शानदार गीत–संगीत तथा आनन्ददायक प्रेमकथाले चलचित्रलाई सुन्दर बनाएको छ । यसअघि पहिलो चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञीले उक्त चलचित्रबाट निकै चर्चा बटुलेकी थिइन् । यस चलचित्र पनि उनलाई चर्चामा ल्याउनका लागि कुनै कमी भने नरहेको निर्माण पक्षले जनाएको छ । साम्राज्ञीले यसपटक नयाँ अनुसार सलिनसँग अभिनय गरेकी छिन् । चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending