Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

बाढीपीडित भन्छन्: ज्यान त बाँच्यो गासँबास छैन

[caption id=\"attachment_151622\" align=\"alignleft\" width=\"750\"]\"\" बाढीले घर भत्काएपछि खुल्ला आकाशमा खाना पकाउँदै एक महिला ।[/caption] कास्की । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन् । काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी पसेर सञ्चित खाद्यान्न र आवश्यक सामग्री बगाएपछि तिनीहरूलाई विशेषगरी खानेकुराको चिन्ताले सताएको छ । “घरमा सञ्चित १० क्विन्टल धान, मकैलगायत सम्पूर्ण खाद्यान्न बाढीले बगायो, खेतमा भएको धान भलले पु¥यो, अब खै के खाएर बाँच्ने हो”, भरतपुर महानगरपालिका—२८ पर्साबजारकी सुशीला कुमालले मलिनो अनुहार पार्दै दुखेसो सुनाइन । कुमालले भनिन्, “गत साउन २८ गते बिहान लगभग १० बजेको समयमा एक्कासि राप्ती नदी बस्तीमा पसेपछि दुई छोरीलाई सुरक्षित स्थानमा पठाउन त भ्यायौँ, आफू सामानको सुरक्षा गर्दै गर्दा भल घरभित्र पस्यो भाग्दै गर्दा घाँटीसम्म आएको पानी खाँदै ज्यान बचाउन सफल भयौँ ।” “बाढी आयो गयो, घरमा जाँदा झण्डै चार फिट डुबाइसकेको थियो”, उनले भनिन्, “खाद्यान्नलगायत लत्ताकपडा, भाँडाबर्तन, बच्चाका शैक्षिक सामग्रीलगायत सम्पूर्ण सामान बगाएछ ।” छ दिनसम्म दाताले दिएको भुजा र चिउरा खाएर सास धानिएको उनको भनाइ छ । बाढीले घर भत्कायो, बस्ने बास छैन खानेकुरा पनि केही रहेन शरीरमा लगाएको लुगाबाहेक अरु केही बचेको छैन, चारजनाको परिवार आफन्तको घरमा आश्रय लिइरहेका छौँ, अर्का भरतपुर–२८ स्वामीचोकका जीवनकुमार बोटेले पीडा सुनाए । उनको दुई लाखको लागतमा तीन कट्ठा जग्गामा बनाएको माछापोखरी बाढीले पुरिएको छ भने नौ कट्ठा क्षेत्रफलको धानखेत सबै बाढीले पुरेर मरुभूमि जस्तै भएको पर्साबजारका शिखाराम कुमालले गहभरी आँसु पार्दै सुनाए । चौध वर्षअघि २०५९ साल साउन महिनामा सो क्षेत्रमा राप्ती नदी पसेको स्मरण गर्दै उनले पहिलेको भन्दा अहिले बाढी ठूलो आएको बताए । बाढीग्रस्त क्षेत्रका बासिन्दा अहिले बास र खानेकुराको अभावसँगै विषालु सर्पको त्रासमा परेका छन् । गोठाघाट, अर्घौली, पर्साबजार, काशीराम टोल, मोघीटोल, माझटहरा, जितपुर, तामाङबस्ती, सिसाबासलगायत यस क्षेत्रका बाराही जंगल रिसोर्ट र श्री होटललाई समेत ठूलो क्षति पुगेको वडाध्यक्ष आशबहादुर कुमाल बताउँछन्नु । उनका अनुसार बाढीबाट कूल एकहजार ८३ घरका पाँच हजार ५९३ जनाको लगभग रु ३० करोडभन्दा बढीको क्षति भएको छ । यसमध्ये ११ घर पूर्ण, ५०३ आंशिक र ५६९ घरधुरीमा सामान्य क्षति पुगेको तथ्यांक संकलन गरी जिल्ला प्रशासन र भरतपुर महानगरपालिका कार्यालयमा क्षतिपूर्तिको मागसहित पेश गरिएको छ । तराईको बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेको पोखरा पर्यटन परिषद् प्राकृतिक प्रकोप सहयोग समितिको टोलीसमक्ष बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले माथि उल्लिखित पीडा पोखेका हुन् । भरतपुरको वडा नं २८ र १३, सौराहाको बस्यौली, नवलपरासीको सुस्ता र माडी नगरपालिकाका एक हजारभन्दा बढी बाढी प्रभावित परिवारलाई रु २४ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको समितिका संयोजक गणेशबहादुर भट्टराईले जानकारी दिए । पोखराका पर्यटन व्यावसायिक संस्थाहरू हान, नाट्टा, रेवान, टेसा, ना, एगा, बुकसप, स्पा, पर्यटन यातायात, टान, मनिचेञ्जर, प्रतिनिधि समाज, रेम्बो चिल्ड्रन, नारा, क्वालिटी अफ लाइफ नेपालको सहभागिता रहेको उनले बताए । विभिन्न चार टोलीमार्फत बाढीपीडितलाई चामल, दाल, तोरिको तेल, नूनलगायतका खाद्यान्नसहित म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । तराईमा आएको बाढीको कारण दुखेका मनलाई पहाडबाट केही हदसम्म भएपनि मलम लगाउन सकेकोमा आत्मसन्तुष्टि मिलेको पर्यटन व्यवसायी एवं पोखरा उद्योग वाणिज्य सङ्घका सदस्य गोमा ढकाल बताउँछन् । “राहत संकलन र बाढीग्रस्त क्षेत्रमा पुगेर पीडितलाई अत्यावश्यक सामग्री वितरण गरेर यस वर्षको तीज मनाएको बताउँदै उनले भने, “बाढी प्रभावित क्षेत्रका महिला र बालबालिकाको अवस्था जटिल रहेको छ ।” घरभित्र र खेतबारीमा रहेको अन्नलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री नष्ट हुनाका साथै गोठमा रहेका चौपायासमेत बगाएर भूकम्पको भन्दा ठूलो क्षतिमा परेका तराईका बाढीपीडितलाई सरकार र स्थानीय तहबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर उचित राहतको व्यवस्था गर्नुपर्ने यस क्षेत्रसँग सम्बन्धित विज्ञको सामूहिक धारणा छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending