Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा पाँच वर्षदेखि सम्पर्कविहीन

[caption id=\"attachment_151816\" align=\"alignleft\" width=\"750\"]\"\" ५ वर्षदेखि सम्पर्कविहीन डोल्माको तस्वीर देखाउँदै अामा ।[/caption] काठमाडौँ । छ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन भएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुविण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पु¥याएका थिए । गएको एक वर्षसम्म परिवारको सम्पर्कमा रहेकी उनी विगत पाँच वर्षदेखि कुनै सम्पर्कमा छैनन्। डोल्माकी आमा छेकु तामाङले भनिन्, “गएको एक वर्षसम्म सम्पर्कमै थिई, गएपछि तीन/चारचोटि फोन गरेकी थिई । एक्कासि पाँच वर्षअघि देखि फोन गर्न छोडी ।” फोन गर्दा डोल्माले कुवेतमा आफूले घरको काम गर्ने र काम राम्रै रहेको परिवारका सदस्यलाई बताएकी थिइन । छोरीले विदेशबाट कमाएर पठाउली भन्ने आशामा आमा–बुबाले कलिलै उमेरमा उहाँलाई विदेश पठाएका थिए । डोल्मा जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए । त्यसबेला रु ४५ हजार खर्च गरेर छोरीलाई पठाएको आमा छेकुले जानकारी दिइन । छोरी गएको तीन महिनापछि रु १५ हजार पठाएको तर त्यसपछि कुनै रकम पनि नपठाएको उनले बताइन । सिन्धुपाल्चोक, पाँचखर्कको कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले उनकी छोरीलाई कुवेत पठाउन भूमिका खेलेका थिए । अहिले डोल्माबारे सोध्दा उनीहरुले आफूलाई थाहा नभएको भन्दै टार्ने गरेका छन् । आमा छेकुले भनिन, “शुरुशुरुमा चुप लागेर बस आइहाल्छे भने, त्यसपछि एक महिना कुर, दुई महिना कुर भन्दै पाँच वर्ष बिताइसकेँ ।” यसबारे आरोपी कर्मा लामासँग प्रश्न गर्दा उनले डोल्मालाई कुवेत पठाएको स्वीकार गरे । आफूले घरमा काम गर्न पठाएको कुवेतको सो घरबाट डोल्मा भागेर अन्तै गएकाले उनीबारे अहिले कुनै जानकारी नभएको कर्माको भनाइ छ । कर्माले मेनपावरबाट नभई व्यक्तिगत रुपमा डोल्मालाई कुवेत पठाएको बताए । छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । दुई छोरामध्ये एकले कक्षा १० र अर्कोले कक्षा ८ मा पढ्दै गरेका छन् । बेखबर रहेकी डोल्माले कक्षा ६ सम्म मात्रै अध्ययन गरेकी छन् । छोरी सम्पर्कविहीन भएपछि छेकुका धेरै दिन रुँदारुँदै बितेका छन् । हातमा पासपोर्ट साइजको छोरीको तस्बीर देखाउँदै आँखाबाट आँसु झार्दै उनले भनिन्, “मेरो छोरी कहाँ छे खोज्दिनुपर्यो हजुर, कहाँ जाने खोज्न मलाई केही थाहा छैन ।” छोरी बेखबर भएको बारे अहिलेसम्म पनि प्रहरीमा उजुरी नगरेको उनले जानकारी दिए । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको सामी परियोजना, सिन्धुपाल्चोककी प्रतिनिधि रीना श्रेष्ठले सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा गएका सम्पर्कविहीन हुनेको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएको जानकारी दिइन । उनले गत आव २०७३/०७४ मा मात्रै आफूहरुले सञ्चालन गरेको सूचना केन्द्रमा चारजना सम्पर्कविहीन भएको भनी उनीहरुको परिवारका सदस्यले निवेदन दिएको जानकारी दिइन । यसरी सम्पर्कविहीन हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending