Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

जितपुर-सिमरा उपमहानगरमा यस्तो छ माअोवादीको हिसाब-किताब

\"\"जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको पक्षमा चुनावी माहोल तातेको छ । २ असोजमा हुन लागेको दुई नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा वाराको जितपुरसिमरा उपमहानगरपालिका माओवादी केन्द्रले जित्ने आधार बलियो हुदै जान थालेको बताएको छ । कांग्रेस–एमाले भित्रको आन्तरिक अन्तरकलह, माओवादीको पक्षमा उर्लिएको लहर र सामाजिक राजनीतिक छवि वनाएका उम्मेदवार चयन लगायतका कारण पनि माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगरपालिकाको परिणाम आफनो पोल्टामा पार्ने सम्भावना वलियो वन्दै गएको स्थानिय हरु वताउँछन् । उपमहानगरपालिकाकै सवैभन्दा वृद्द ११५ वर्षिय सरिफ मियाँ अन्सारी लगायतको सुभेच्छाका कारण पनि उपमहानगरपालिकामा माओवादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेलले जित निकाल्ने अनुमान धेरैले गर्न थालेका छन् । मियाँलाई त्यस क्षेत्रका उनको समुहका मानिसहरुले निकै आदार गर्ने गर्दछन् । मियाँ नै पौडेलको प्क्षमा खुलेपछि मुस्लिम समुदायको मत पौडेलले पाउने देखिएको छ । यो उपमहानगरपालिकामा वुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा १५ जनाले मेयर पदमा उम्मेदवारी दिएका निर्वाच्न अधिकृत भीमप्रसाद भुर्तेलले जनाएका छन् । माओवादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेलको अतिरिक्त नेपाली कांग्रेसबाट कृष्णव्रत सिंह, नेकपा एमालेबाट डा. कृष्णप्रसाद पौडेल, राप्रपाबाट सोमराज उप्रेती, राष्ट्रिय जनमोर्चाबाट धर्मानन्द पाध्या, राष्ट्रिय जनता पार्टीबाट अखिलकुमार सिंह, बहुजन शक्ति पार्टीबाट रामदेब महरा, नयाँ शक्तिबाट अमानुल्लाह अंसारी, नेपाल लोकतान्त्रीक फोरमबाट राजकुमार चौधरीले प्रमूख पदमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै मेयर पदमा ६ जनाले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् । जितपुर सिमराका लागि यी उम्मेदवार मध्यै माओवादी केन्द्रका उम्मेदवार पौडेल नै जनताका वीचमा वढी भिजेका उम्मेदवार मध्ये पर्दछन् । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्दका क्रममा लामो समय जेलनेल सम्म भोगेको पौडेल शान्ति प्रक्रियायता निरन्तर आफनै क्षेत्रमा कार्यक्षेत्र वनाएर वसेका छन् । यो वीचमा उनले स्थानिय का समस्यासाग आफै प्रत्यक्ष सहभागी भई समाधानका लागि खटेका पनि छन् । यस हिसावले गर्दा पनि उनको सम्भावना बलियो रहेको चर्चा छ । माओवादीले यस क्षेत्रमा पौडेलको उम्मेदवारी असारमै टुंगो लगाएको हो । त्यसयता उनी निरन्तर जनताका घरदैलोमा पुगिरेहका पनि छन् । यस क्षेत्रमा काग्रेस र एमालेभित्र उम्मेदवार छनौटमा सन्तुलन मिल्न नसकेको र एकले अर्काे पक्षलाई अचेटने काम समेत प्रत्यक्ष देखिन थालेपछि पौडेल पल्लाभारी जस्ता देखिएका छन् । एमालेभित्र जीतपुरसिमरा उपमहानगरपालिका २ का एमाले नेता उद्धब गौतम ले प्रष्टै साग पाटीृभित्र असन्तुष्टि देखाईसकेका छन् । यसले पनि देखाउँछ एमालेमा उम्मेदवारी चयनको विषयमा ठूलै रडाको मच्चिएको छ । त्यसोत एमालेका उम्मेदवार समेत माओवादीमा यही क्षेत्रमा प्रवेश गरेका छन् । उपमहानगरपालिका २३ की एमाले उम्मेदवार एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकी छिन । एमालेका तर्फवाट वडा नम्वर २३ को दलित महिला सदस्यकी उम्मेदवार रन्जुदेवी मेस्तर माओवादी केन्द्रमा प्रवेश गरेकी हुन । अन्य राजनीतिक दलको अन्तरकलह माओवादीका लागि लाभ देखिएको छ । काग्रेसका मुख्य शीर्ष नेताहरु समेत उक्त उपमहानगरपालिका माओवादीसाग तालमेल गर्न चाहेका थिए । तर स्थानिय काग्रेस नेताहरुले नमानेपछि नेताहरुको तहमा भएके तालमेल त्यहा भत्किएको हो । यद्यपी, काग्रेसकै शीर्ष नेताहरु एमालेलाई रोक्नका लागि माओवादीलाई जिताउन लाग्नु पर्ने तर्क गदै हिडन थालेको देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending