Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

महोत्तरीमा आचारसंहिताको व्यापक उल्लङ्घन

\"\"महोत्तरी। प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा आचारसंहिताको उल्लङ्घन भइरहेको छ ।आचारसंहिता उल्लङ्घन गर्नेमा देशका ठूला राष्ट्रिय पार्टी: नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपादेखि लिएर मधेशवादी दल : राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम सबै रहेका छन् । त्यस्तै, अन्य पार्टीका साथै स्वतन्त्र उम्मेदवारसमेतले आचारसंहिताको उल्लङ्घन गरेको देखिएको छ । दस नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा ७२० पदका लागि चार हजार ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्येक उम्मेदवारद्वारा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको देखिएको छ । आ–आफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीहरु आचारसंहिताको विपरीत भोट माग्ने र मतदातालाई आ–आफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ । यहाँका राजनीतिक दलले सार्वजनिकस्थलमा पोस्टर, पम्प्लेट, सभा सम्मेलनदेखि लिएर ठूल्ठूलो आवाजमा २४ घण्टे लाउडस्पिकर बजाएर प्रचार–प्रसार गरेको पाइएको छ । जिल्लाको प्रत्येक गाउँ–ठाउँको बिजुलीको पोल, टेलिकमको पोल र रूख–बिरुवामा अहिले विभिन्न पार्टीको झण्डा टाँगिएको देख्न सकिन्छ । त्यस्तै, ठूल्ठूला आकारका पोस्टरहरु पनि टाँगिएको देखिन्छ । यहाँका उम्मेदवारले आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूल्ठूला ब्यानर लिएर प्रचार– प्रसारमा उत्रेका छन् । यसैगरी, यहाँका प्रत्येक पार्टीले आफ्नो पार्टीको छाप अङ्कित भेस्ट, टोपी लगाएर सयौ कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै, बालबालिकाको पनि प्रयोग गरिएको देखिएको छ । यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झूटो वाचा, विभिन्न प्रलोभन र पैसा बाँड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending