इलाम, हराएको ३८ वर्षपछि इभाङ–६, का यामप्रसाद लिम्बू घर फर्किएका छन् । चार दशकपछि घर फर्किएपछि उनकाे परिवारमा हर्षाेल्लास छाएको छ । सानैदेखि खसीबाख्राको व्यापार गर्ने लिम्बू व्यापार व्यवसाय गर्दागर्दै २०३४ सालदेखि हराएका थिए ।
उनी घर फर्किएको थाहा पाएपछि गाउँले, छिमेकी र आफन्तको उनलाई भेट्न घरमा घुइँचो लागेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका कान्छा छोरा अग्निप्रसादसमेत बाबु घर फर्किएको खबर पाएपछि बिदा मिलाएर आएका छन् ।\'यतिका वर्षसम्म घर नआएका बाबु जीवित हुनुहुन्छ भन्ने कमैमात्र आशा थियो\' अग्निप्रसाद भन्छन्, \'घर आएको सुनेपछि तत्काल बिदा मिलाएर आएँ ।\'
यामप्रसाद यतिबेला जीवनकै सबैभन्दा खुसीको महसुस भइरहेको बताउँछन् । म जीवित नै छु भन्ने परिवारलाई आश्वस्त पार्न घर आएको उहाँले बताउनुभयो । घर छाड्दा ३७ वर्षका लिम्बू फर्कंदा ७५ वर्षीय भएका छन् । सुरुमा परिवारका सदस्यले समेत उनलाई चिनेनन् । लामो समय बेपत्ता लिम्बू भारतको आसाममा बस्दै आएका थिए । खोटाङका एक तामाङ जातिका साथीसँग सामान्य व्यवसाय गरेर बसेका उनी यसअघि पनि घर फर्कन धेरै प्रयास गरे पनि गाडीभाडा नभएकै कारण आउन नसकेको बताउँछन् । साथीहरुसँगको लहैलहैमा भारत पसेका लिम्बूले त्यहाँ सामान्य खेतीपाती र ससानो व्यापार गर्दै आएका थिए ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: