Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

\"\"काठमाडौं । एलपी ग्यास खरीद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नेपाली नम्बर प्लेटका बुलेटलाई चाँडो सञ्चालन गर्नुपर्ने बताएका हुन् । बैठकमा उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले नेपाली बुलेट सञ्चालनमा ढिलाइ भएकाले यस विषयमा वाणिज्य, आपूर्ति र परराष्ट्र मन्त्रालयलाई संयुक्त छलफलका लागि बोलाइने बताए । उनले समितिले दिएको निर्देशनलाई आपूर्ति मन्त्रालयले पालन नगरी आफ्नो दायित्वबाट भाग्न खोजेको आरोपसमेत लगाए । संयोजक ठकुरीले व्यवसायीले चाडपर्वका बेला हडताल गर्न खोजेको भन्दै हडतालको विषयमा गम्भीर हुन आग्रहसमेत गरे । सांसद नारायणबहादुर कार्कीले लामो समयदेखि बुलेट समस्या समाधानमा मन्त्रालयले आलटाल गरिरहेको आरोप लगाउँदै नेपाल आयाल निगमले व्यवसायीलाई लगानी गर्न आह्वान गर्ने तर लगानीको सुरक्षाप्रति उदासीन रहेको छ भने । सांसद शयन्द्र वान्तवाले नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनमा एकले अर्कालाई दोषारोपण गर्नुभन्दा यसलाई कसरी समाधान गर्ने भन्नेतर्फ लाग्नुपर्ने बताए । सांसद राज्यलक्ष्मी श्रेष्ठले नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालन सम्बन्धमा आपूर्ति मन्त्रालय र नेपाल आयल निगम गम्भीर नभएको आरोप लगाए । आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बुलेट सञ्चालनलाई सहज बनाउनका लागि छलफलको बुँदा बनाएको जानकारी दिंदै ग्यास आपूर्तिलाई सहज बनाउन र नेपाली नम्बर प्लेटका बुलेट नै सञ्चालन होस् भन्ने पक्षमा मन्त्रालय रहेको उल्लेख गरे । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आयल निगमले नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनका लागि भारतीय पक्षलाई पटक–पटक आग्रह गरे पनि उनीहरूले बेवास्ता गरेको आरोप लगाए । ग्यास व्यवसायी सङ्घका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले आयाल निगमले २०७२ असोज ८ गते ७७५ नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनमा स्वीकृति दिए पनि अहिलेसम्म सञ्चालन हुन नसक्नु सरकारको कमजोरी भएको बताए । उनले १५ दिनसम्म नेपाली नम्बर प्लेट बुलेट सञ्चालनमा ठोस कदम नचाले सङ्घ अप्रिय निर्णय लिन बाध्य हुने स्पष्ट पारे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE