Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नामाङकन प्रदेश सभालाई दिने गरी छलफल भईरहेको छः प्रवक्ता बडु

काठमाडौ, नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमतिमा कति प्रदेश रहने भन्ने निर्धारण गरेर प्रदेशको सिमाङकनको जिम्मा आयोगलाई दिने र नामाङकन प्रदेश सभालाई दिने आफूहरुको पछिल्लो प्रस्तावमा दलहरुवीच छलफल भईरहेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले यो विषयमा तीस दलीय मोर्चामा छलफल गरेर जवाफ दिने प्रतिबद्धता एमाओवादी अध्यक्ष प्रचण्डले ब्यक्त गरेको जानकारी दिदै मोर्चामा अलग अलग विचार भएकाहरु रहेकोले सहमतिको बाटोमा समस्या आईरहेको बताए । साक्षात्कारमा प्रवक्ता बडुले छ प्रदेश मध्ये पूर्वी तराईका तीन र पश्चिम नेपालका दुई जिल्लालाई पहाडसँग जोड्ने बाहेक चार जिल्लाको सिमाङकन पनि आफै गर्नुस भनेर आफूहरुले प्रचण्डसँग प्रस्ताव राखेको बताउँदै पहाड र तराईलाई समग्रमै छुट्टयाउने पक्षमा आफूहरु नरहेको स्पष्ट पारे । उनले अहिलेसम्म सहमति नभएको विषय संघीयता मात्रै भएको र त्यसमा पनि संख्यामा लगभग सहमति भईसकेको र नामाकरण प्रदेश सभालाई दिनेमा विमति नरहेकोले सिमाङकनलाई अहिलेसम्म भएका छलफलका आधारमा विज्ञहरुले टुङग्याउने गरी अहिले सहमति भएका विषयलाई मस्यौदा निर्माणमा लानु पर्नेमा जोड दिए । संविधान निर्माण प्रक्रिया निर्णायक चरणमा पुगेको र एमाओवादीको आन्दोलन छाडेर बार्तामा आउने निर्णय सकारात्मक रहेकोले आफूहरुले सहमतिको लागि प्रयत्न गरिरहेको जानकारी दिदै अब पनि यो वा त्यो विकल्पमा छलफल गरेर समय विताउन नहुने बताए । उनले भने–सहमतिको नाममा संविधानसभालाई अनिर्णयमा राखो पहिलो संविधानसभा जस्तै यो पनि संविधान नदिई विघठन हुने हो कि भन्ने चिन्ता कायमै रहेको भन्दै अब सहमतिको नाममा धेरै दिन समय फाल्न सक्दैनौ । प्रचण्डजीले निर्णय गर्न सक्नु हुन्छ तर किन गरिरहनु भएको छैन बुझ्न सकिएको छैन । अब धेरै दिन संविधानसभा अनिर्णयको बन्दी भएर रहन सक्दैन । बडुले विपक्षी मोर्चाले आन्दोलन नै फेरि घोषणा नगरिसकेकोले केही दिनभित्रमै एमाओवादी नेतृत्वको विपक्षी मोर्चा संविधानसभामा फर्किने दावी गर्दै भने–उहाँहरु अर्को संविधानसभामा आउनु हुन्छ । आन्दोलन छाडेर बार्तामा आउनै ठूलो कुरा हो । अब हामीसँग भएको दुई तीहाई सहमतिमा थपेर अघिकतम सहमति बनाउने हो । उनले संविधान नआउने नै भयो भनेर जनताले नेपाली काग्रेस र एमालेलाई ठूलो दल बनाएको भन्दै अब संविधान जारी नगरी संविधानसभा विघठन हुनै नसक्ने ठोकुवा गरे । यद्यपि उनले समय तोक्दा संविधान बन्न नसकेकोले अब समय तोकेर अघि बढ्न नहुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending