Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

संविधान निर्माणको लागि सबै लचक हुनुपर्छ : प्रधानमन्त्री

काठमाडाैं, प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका लागि सबै पक्ष लचक हुनुपर्ने बताएका छन् । लोकतन्त्र दिवस २०७२ को शुशभकामना सन्देश एवं सबै नेपालीलाई बधाई दिंदै प्रधानमन्त्री कोइरालाले देश र जनताको चाहना अनुसार संविधान बनाउन सबै लचक हुनुपर्ने जनाएका हुन् । ‘लोकतन्त्र दिवसको यस पुनित अवसरमा म संविधानसभा भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिहरुलाई शहिदहरुको सपना, देश र जनताको आवश्यकता तथा चाहना मुताविक लोकतान्त्रिक संविधान निर्माणमा अत्यधिक लचकता अपनाएर संविधान निर्माणलाई टुंगोमा पु¥याई मुलुकको हित र जनताको सुख,शान्ति र समृद्धिको लागि आर्थिक–सामाजिक विकास निर्माणमा सरिक हुन हार्दिक अनुरोध गर्दछु ।’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ । निरङ्कुशता अन्त्य गर्दै जनताको हक–अधिकार उपभोग गरी स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन अधिनायकवादी र निरङ्कुश शासन विरुद्ध निरन्तर भएका आन्दोलन र २०६२ /६३ को निर्णायक ऐतिहासिक जनआन्दोलन भएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालमा लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाएर नेपाल र नेपालीको भविष्य उज्ज्वल बनाउने सपना साकार पार्न जीवन बलिदान गरेका शहिदहरुले सुम्पिएर गएका बाँकी जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न प्रेरणा दिएको बताएका छन् । नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिको लागि झण्डै एक शताब्दीदेखि गर्दै आएको संघर्षको परिणाम स्वरुप प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने ऐतिहासिक चरणमा भन्दै उनले भनेका छन्, ‘विगतमा शान्तिप्रकृयाका जटिल मानिएका विषयहरुलाई आपसी संवाद,सहकार्य,मेलमिलाप र एकताका माध्यमबाट कायम भएको सहमतिका आधारमा समाधानमा पु¥याइएको अनुभवलाई संविधान निर्माणमा पनि उपयोग गरेर नेपाली जनताको चाहाना बमोजिमको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न यस दिवसले सबैलाई प्रेरित गर्न सकोस् ।’ लोकतन्त्र दिवस २०७२ को अवसरमा नेपाली जनताले लामो र बलिदानपूर्ण संघर्षबाट प्राप्त  गरेका अधिकारलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने कार्यमा धैर्यतापूर्वक साथ पाउने अपेक्षा उनले गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy