Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

समीक्षा गर्दै एकताबद्ध हुने विपक्षी मोर्चाको निर्णय

काठमाडौं, दोस्रो चरणको सडक आन्दोलनको अन्त्यतिर आइपुग्दा कतिपय मधेशवादी दल असन्तुष्ट भएपछि अन्योलमा देखिएको एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले आ–आफ्ना सबल र दुर्वल पक्षको समीक्षा गर्दै र निरन्तर छलफल अगाडि बढाउँदै एकताबद्ध हुने निर्णय गरेका छन् । एमाओवादी संविधानसभा दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले विपक्षी दलहरुबीच फेरि सुदृढ एकता कायम गर्दै १४ गते फेरि अर्को बैठक गर्ने निर्णयका साथ टुंगिएको जानकारी बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दिएका छन् । सत्ताधारी दलसँग प्रचण्डले सम्झौता गरी आन्दोलनलाई बिफल पारेको भन्दै असन्तुष्ट दलले शुक्रबारको बैठकमा कुरा उठाउने बताएका थिए । आमहड्ताल फिर्ता लिएदेखि नै प्रचण्डसँग असहमत भएका फोरम नेपाल, सद्भावना पार्टीसहितका दलले शुक्रबार निर्णायक वार्ता गर्ने तयारी गरेका थिए । विवादित मुख्य विषयमा ३० दलीय मोर्चाले अघि सार्दै आएका मागमा अडिग नभए मोर्चाबाट अलग भई अर्को गठबन्धन बनाउने र आन्दोलन गर्ने चेतावनी मधेसी केही दलले दिएका थिए । प्रचण्डका प्रेस संयोजक शिव खकुरेलले एमाओवादीको संविधानसभा दलको कार्यालयमा ३० दलीय मोर्चाको बैठक सुरु हुन जानकारी शुक्रबार बिहान दिएका थिए । मधेशवादी दलको सुझावपछि पछि बिहीबार साँझ पनि एमाओवादी अध्यक्ष प्रचण्डले मधेशवादीसहित मोर्चामा आबद्ध दलहरुसँग छलफल गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy