Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

रामदेव भेट्न बाबुरामदेखि खुमबहादर खड्कासम्म

काठमाडौं, लोकतन्त्र दिवसको ठीक एक दिनअघि बिहीबार भारतीय योगी रामदेव नेपाल आए अनि पतञ्जली योगपीठमा बास बसे । भाेलिपल्टैदेखि सुरू गरे शारीरिक तथा \'अन्य\' याेगाभ्यास । रामदेवद्वारा शुक्रबार सुरु ५ दिने योग शिविरको उद्घान सत्रमा सामान्य नागरिकदेखि राष्ट्रपतिसम्मलाई निम्ता थियो । त्यस अवसरमा टुँडिखेलमै सहभागी भए कतिपय विशिष्ट नागरिक । र, उक्त शिविरमा सहभागी हुन ‘अप्ठ्यारो’ मान्नेहरुले चाहिँ छुट्टाछुट्टै ‘भेटघाट र मुलाकाद’ गरे रामदेवको योगपीठमा । शुक्रबार बिहानै मुलुकको सर्वोच्च पदमा आसिन राष्ट्रपति डा. रामवरण यादवले योग शिविरको उद्घाटन गरे । प्रधान न्यायाधीश रामकुमारप्रसाद शाह र उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमलगायतका उच्चाधिकारीहरुले ‘योगसाधना’ गरे । राष्ट्रपति यादव र गौतमलगायतले क्रमशः योगी रामदेवको हातबाट ‘आशिर्वाद’ समेत लिए । कार्यक्रममा सहभागी गराउन कतिपय विद्यालयबाट विद्यार्थीहरुलाई मसेत जबर्जजस्ती ओसारिएको थियो  । पहिलो दिन योग शिविर सकिएपछि राजधानीको मण्डिखाटारस्थित पतञ्जली योगपीठमा योगीलाई भेट्न वरिष्ठ वामपन्थी नेतादेखि ‘हिन्दूवादी अगुवा’ सम्मको लर्को लाग्यो । ३० दलीय विपक्षी मोर्चाको बैठक सकिएलगत्तै एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराई हतारहतार पुगे पतञ्जली योगपिठ । योगीलाई भेट्न भट्टराई अकस्मात पुगेपछि मारवाडी सेवा समितिका पदाधिकारीको पालो पछि सरेको थियो । नेता बाबुरामले आधा घन्टाभन्दा बढी समय योगी रामदेवसँग छलफल गरे । भारतमा हिन्दूवादी अभियानमा सहभागी हुँदै आएका रामदेवलाई नेपालका वामपन्थी नेताले उच्च महत्वका साथ भेट्नुलाई माओवादी वृत्तले के भन्छ ? प्रतिक्रिया आइसकेको छैन । सूर्यबहादुर थापालाई अभिभावक भनेर सामाजिक सञ्जालमा लेखेवापत भट्टराईको चर्को आलोचना हुँदै आएको छ । त्यो ‘काण्ड’ सेलाउन नपाउँदै उनी फेरि फस्न पुगेका छन्– ‘बाबा’ रामदेव काण्डमा । भौतीकवादी नेता बाबुरामले आध्यात्म र योगा विषयमा छलफल गरेको जानकारी खबरडबली संवाददातालाई दिएका छन् । बाबुरामले रामदेवसँग राजनीतिक विषयमा समेत छलफल गरेका थिए । पदीय मर्यादा समेतको  हेक्का नगरी वरिष्ठ नेता भट्टराई पतञ्जली योगपीठ पुगेपछि सामाजिक सञ्जालमा उनको विरोध सुरु भइसकेको छ । योगीलाई भेट्न बाबुरामसहित पत्नी हिसिला र स्वकीय सचिव विश्वदीप पाण्डे तथा उनकी श्रीमती समेत गए । बाबुरामसँगको भेटघाटपछि नेपालमा ‘हिन्दूवादी अभियान’ चलाउँदै आएका खुमबहादुर खड्काको टोलीले समेत योगी रामदेवलाई भेटेको छ । भट्टराईको छलफल लम्बिएपछि खड्का नेतृत्वको टोली लामो पर्खाइमा परेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: