Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

प्रचण्डदेखि कमल थापासम्मको दसैं : पूर्वराजा छाडेर दाजुबाट टिका थाप्नेदेखि चुनावी रणनीतिसम्म

  \"\" काठमाडौं । दसैं शुरु भइसकेको छ । नेपालीहरुको बिशेष चाडको रुपमा हेरिने दसैंसँगै प्रतिनिधि र प्रदेशसभाको चुनावले राजनीतिक दलहरुलाई छपक्कै छोपेको छ । भुगोल समुदाय र बर्ग अनुसार दसैं मनाउने आ–आफ्नै तौरतरिका छन् । दसंलाई सामाजिक, पारिवारिक र धार्मिक चाडका रुपमा समेत लिने गरिन्छ । घर परिवारबाट टाढिएकादेखि चिसिएका सम्बन्ध समेतलाई जोड्ने काम गर्दछ दसैंले । प्रायः दसैंलाई मिठो खाने, नयाँ लगाउने एवं फुर्सदिलो र मनोरञ्जनका हिसाबले मनाउने प्रचलन पूरानै हो । धेरैजसो मानिसले दसैंलाई सोहिअनुरुप नै मनाउने गर्दछन । तर देशका प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले दसैंै कसरी मनाउछन होला ? यसमा सबैको चासो हुन सक्छ । नेपाली राजनीति घुमाउने देशका ५ शीर्ष नेताले यस बर्षको दसैं कसरी मनाउँदैछन् ? भेटघाटममै बित्छ देउवाको दसैं प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खासै दसैंको योजना भने बनेको छैन् । अघिल्ला वर्षहरुमा जस्तै परिवारसँग दसैंै मनाउने मनसायममा छन् देउवा । हरेक वर्ष पण्डितहरुको हातबाट टीका लगाउँदै आएका उनले परिवारसँगै नातागोता र पार्टी कार्यकर्तालाई टीका लगाईदिने गर्छन् । दसैंकै लागि भनेर उनले खासै किनमेल नगर्ने उनले मासुका परिकार पनि कम खाने गरेको उनका निकटस्थहरु बताउँछन् । प्रधानमन्त्री देउवा राजनीतिक र पारिवारिक भेटघाटमै दसैंभर ब्यस्त रहने छन् । ससुराली धाउँदैनन् केपी ओली प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपालिका दसैंै भक्तपुरकोे बालकोटस्थित आफ्नै निवासमा मनाउने तयारीमा छन् । उनले आफ्ना बाबुको हातबाट टीका लागाउँने छन् भने ससुराली जादैनन् ओली । विगतको दसैं जस्तै यसपालि पनि उनले आफ्ना सुभचिन्तक, आफन्त तथा कार्यकर्तालाई टिका लगाईदिने कार्यक्रम रहेको छ । दसैंै अवधिभर ओली पारिवारिक र राजनीतिक भेटघाटमा व्यस्त रहने छन् । बालकोटस्थित ओली निवासमा दसैंैको टिका लगाउन कार्यकर्ताहरु आउने गर्दछन् । दसैंभर चुनावी रणनीति तय गर्ने मूडमा प्रचण्ड दुई दशकदेखि दसैंको टिका नलगाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दसैंैमा अरुलाई टिका लगाइदिने कार्यक्रम पनि छैन । उनले कार्यकर्ता र आफन्तसँग दसैंको शुभकामना आदान प्रदान र भेटघाट गरेपनि खास दसैं बिशेष कार्यक्रम बनाएका छैनन् । उनको परिवारमा दसैंै पनि अन्य समय जस्तै गरी बित्नेछ । उनले दसैंैलाई सामाजिक र पारिवारिक चाडका रुपमा मनाउने छन । उनी दसैं अवधिभर लाजिम्पाटस्थित आफ्नै निवासमा रहने छन् । यसपालि दसैंको समयमा उनी प्रदेश र प्रतिनिधिसभाको चुनावी रणनीति तय गर्न व्यस्त रहने उनका प्रेस संयोजक मनोहरी तिमल्सिनाले खबरडबलीसँग बताए । पूर्वराजा छाडेर दाजुको हातबाट टिका थाप्दै कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा यसपालि दसैं परिवारसँगै मनाउने तयारीमा छन् । प्रत्येक बर्ष दसैंमा पुर्व राजा ज्ञानेन्द्रको हातबाट टिका लगाउने उनले यसपालि आफ्ना दाजु नेत्रबहादुर थापाको हातबाट टीका लगाएर क्षेत्रपाटीस्थित ससुरालीमासमेत टिका थाप्न जाने कार्यक्रम छ । थापा फुर्सदको समयमा पुस्तक पढ्न रुचाउँने भएकाले यसपालि दसैंमा पुस्तक पढ्ने योजना बनाएको उनको सचिवालयले बताएको छ । त्यसका साथै राजनीतिक र पारिवारिक भेटघाटमै उनले दसैंको समय बिताउने छन् । बाबुको हातबाट टिका थाप्छन् बाबुराम नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई दसैं अवधिभर काठमाडौंमा रहने छन् । आफ्ना बाबुको हातबाट टिका लगाउने तयारी गरेका भट्टराई ससुराली जाँदैनन् । उनको यो दसैंको अधिकांश समय चुनावी रणनीति तय गर्ने र अध्ययनमा बिताउने तयारी गरेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले खबरडबलीलाई बताए । भट्टराईको दसैंको लागि त्यस्तो खास योजना बनेको छैन । उनले अरुलाई टिका लगाइदिने कार्यक्रम पनि छैन ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies