Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतको आनन्दविहार बसपार्कदेखि कन्चनपुरकाे  भीमदत्तनगरसम्म लुटेराकाे जालाे

\"\"भीमदत्तनगर । मिठाे खाना, छाेराछाेरीलाइनाना दिने सपना बुनेर भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका नेपाली दशैंकाे अवसरमा घर अाउदा सिमानामा लुटिने गरेका छन् ।   भारतको बागेश्वरमा मजदुरी गरेर दशैंमा रमाइलाे गराैंला भन्ने अाशाका साथ घर फर्किरहेका दैलेख अाठबीस नगरपालिका ५, तिलेपाटाका लक्ष्या नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिँजापति नगदसहित बनवासा सिमानामा लुटिए । यस्ता घटना  अहिलेमात्र हाेइन गतवर्ष दशैंका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड्डाचौकीमा आफूसित भएको नगद र सामान लुटिएर अर्धचेत अवस्थामा नेपाल प्रहरीको सम्पर्कमा आइपुगे । उनिसित भएको रु ६७ हजार नगद, मोबाइल र साथमा रहेका लत्ताकपडा भारतमै लुटिएको थियो ।

कुरो दशैँंमा घर फर्किन लागेका नीरबहादुरको मात्रै होइन । उनि जस्तै सयाैं नेपाली मजदुर गड्डाचौकी सिमानाका आई नपुग्दै लुटिइसकेका छन् । कुनै दशैँं पर्व विशेष भन्दा पनि रोजगारीका लागि भारतका विभिन्न स्थानमा जाने नेपाली चाडपर्वका बेला घर फर्किनेबेलामा हरेकवर्ष लुटिएका धेरै घटना भएका छन । यस्ता घटना   न्यूनीकरणका लागि ठोस् पहल सरकारी तवरबाट हुन सकेकाे छैन । उत्तराखण्डको किच्चामा पाँच नेपाली  तीनलाख नगदसहित लुटेरा समूहबाट लुटिएका छन् । मादक पदार्थमा विभिन्न बेहोस् हुने औषधि सेवन गराएर लुटपाटका घटना भारतीय भूमिमा हुने गरेका छन् । लुटपाटका प्रायः घटनामा नेपालीभाषीसमेत संलग्न हुने गरेको प्रहरीको बुझाइ छ । यसपटक मात्रै दशैँं पर्व मनाउन घर फर्किरहेका नेपाली भारतको राजधानीमा रहेको आनन्दविहार बसपार्कदेखि सुरु भएको लुटिनेक्रम भीमदत्तनगरसम्म नै जारी रहेको छ । लुटेरा समूहको सिमाक्षेत्रमा बढी शिकार बन्दै आइरहेका नेपाली भारतीय प्रहरी र भन्सारकर्मीबाट समेत ठगिने गरेका छन् । सामानको चेकजाँचका नाउँमा मजदुरी गरेर फर्किने नेपालीबाट उनीहरुले रकम असुल्ने गरेका छन् । ‘भारतीय एसएसबीले त चेकजाँच मात्र गर्छ,’ भीमदत्तनगरका एक स्थानीयवासीले भने “भारतीय कष्टमका कर्मचारी त नेपाली लुट्नकै लागि बसेका हुन् भन्दा फरक नपर्ला ।” उनीहरुले मानसिकरुपले समेत तनाव दिने गरेको उनले बताए । चाडपर्वको खुसी परिवारसित साट्न नपाउँदै सिमानाकाबाट रित्तोहात दुखः बोकेर घर फर्किने नेपालीको पीडामा मलम लगाउन स्थानीय प्रशासनले समेत पहलकदमी चालेको देखिँदैन । गड्डाचौकीमा खटिएको प्रहरीले पछिल्लो समय लुटपाटका घटनामा कमी आएको दाबी गरेपनि लुटपाट भने रोकिएको छैन । ‘भारतमै नेपालीबाटै पनि कतिपय मजदुर लुटिएका छन् ।’ इलाका प्रहरी कार्यालय, गड्डाचौकीका प्रहरी सहायक निरीक्षक करनसिंह धामीले भने–“हामीले सिमाक्षेत्रमा सवारीसाधनवाला र टाँगा चालकमाथि पनि निगरानी बढाएका छौं ।” सिमानाकामा आवतजावत गर्ने समयमा मजदुरी गर्नेहरु लुटिनु नियती जस्तै बनेको छ । भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलबीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका थिए । सो समूहसित रहेका गंगाराम रानाले मादक पदार्थ सेवन गराएर लुटपाट गरेको बताउनुभयो । सुदूरपश्चिम र मध्यपश्चिमका नागरिक बढी संख्यामा यो नाका भएर भारत रोजगारीका लागि जानेगरेका छन् । यहाँका बेरोजगार युवा कामको समयमा घर आउने र फुर्सदका बेला भारत जाने गरेको दशकौं बितिसक्यो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले सिमाक्षेत्रमा लुटपाटमा कमी आएको बताए । ‘हिजो पनि पाँच नेपाली सीमाभन्दा करिब ८० किलोमिटर परै भारतमा नेपालीबाटै लुटिए ।उन्ले  भने “उनीहरुलाई नेपालीले नै चिसोमा बेहोस् हुने औषधि मिसाएर लुटेका हुन् ।” उनले सिमाक्षेत्रमा खटिएका भारतीय सुरक्षा निकायसित पनि लुटपाटलगायतका आपराधिक घटना हुननदिन समन्वय भइरहेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies