Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘भ्याट विशेष’ अभियान सुरु, भ्याटमा नआए कारबाही

चितवन, आन्तरिक राजस्व कार्यालय चितवनले आफ्नो सेवा क्षेत्रमा ‘भ्याट विशेष’ अभियान सुरु गरेको छ । हालै घोषणा भएका नगरपालिका क्षेत्रमा रहेका व्यावसायिक प्रतिष्ठानलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्याउन चितवन र नवलपरासीमा सो अभियान सुरु गरिएको हो । व्यावसायिक प्रतिष्ठानलाई पटक–पटक ताकेता गर्दा पनि भ्याटको दायरामा नआएपछि अनिवार्य रुपमा भ्याट ल्याउन भ्याट विशेष अभियान सुरु गरेको कार्यालयका प्रमुख कर अधिकृत टीकाराम भुसालले जानकारी दिए । प्यानबाट भ्याटमा ‘अपग्रेड’ गर्ने लक्ष्यअनुसार अभियानलाई तीव्रता दिइएको उनको नाइ छ । नगरपालिका घोषणा भएका क्षेत्रमा सञ्चालित रेस्टुरेण्ट, बार, लज, हाडर्वेयर, इलेक्ट्रोनिक्स, काउन्सिलिङ सेन्टर, सटिङ–सुटिङ, टेलरिङ जस्ता व्यावसायिक प्रतिष्ठान भ्याटको दायरामा आउनुपर्ने प्रावधान छ । कर अधिकृत माधवप्रसाद दाहाल र गङ्गाराम अर्यालको नेतृत्वमा खटिएको टोलीले प्रत्येक व्यवसायीको कारोबारस्थलमा नै गई भ्याट दर्ता गर्ने फाराम भराई एक हप्ताभित्र कार्यालयमा आउन समय दिने गरेका छन् । चितवन र नवलपरासी सेवा क्षेत्र रहेको कार्यालयमा ४६१ प्यानमा रहेका व्यावसायिक प्रतिष्ठान भ्याटमा आउन नै पर्ने व्यवस्था छ । चैत मसान्तसम्म २९६ मात्रै भ्याटमा आएका छन् । अझै १६५ भ्याट बाहिर रहेपछि स्थलगतरुपमा अभियान गरिएको कर अधिकृत दाहालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies