Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

ऐँसेलु, काफल र चुत्रो बेचेर पढाइ खर्च जुटाउँदै बालबालिका

 बेनी, आर्थिक अभागमा पश्चिम म्याग्दीका पाँच गाविसका विद्यालय उमेरका बालबालिकाले मौसमी फल ऐँसेलु र काफल बेचेर पढाइ खर्च जुटाउने गरेका छन् । गाउँका जङ्गल तथा भीर पाखामा फल्ने मौसमी फल टिपेर नजिकको बजार वा सदरमुकामसम्म ल्याई बिक्री गरेर उनीहरुले किताब, कापी, विद्यालय पोसाकलगायत वर्षभरीका लागि चाहिने शैक्षिक सामग्री खरिद गर्ने गरेका अर्जुन उच्चमावि भकुण्डेचौरका शिक्षक रामचन्द्र जैसीले बताए । नयाँ शैक्षिक सत्र सुरु हुने बेला अर्थात् वैशाख महिनामा नै गाउँघरका जङ्गल तथा पाखामा पाइने ऐँसेलु, काफल, चुत्रोलगायत मौसमी फल टिपेर बिक्री गरी पढाइ खर्च जुटाउने गरेका शिक्षक जैसीको भनाइ रहेको छ । जिल्लाका भकिम्लीको तोराखेत, ओखरबोट, रुम, काफलबोट, धारापानीलगायत गाउँका बालबालिका ऐँसेलु, काफल टिप्न जङ्गल जाने गर्दछन् । उनीहरुले सङ्कलन गरेका फल नजिकको बजार, विद्यालय वा सडक छेउमा बसेर बिक्री गर्ने र त्यसबाट आएको पैसाले वर्षभरीको पढाइ खर्च टार्ने गरेको तोराखेतका १४ वर्षीय सुजन नेपालीले बताए । ‘तीन हजार रुपैयाँको काफल र ऐँसेलु बेचेँ, त्यसैले किताब, कापी, कलम, झोला र विद्यालय पोसाक किनेको छु’जयन्ती मावि भकिम्लीमा सात कक्षामा अध्ययनरत नेपालीले भने । धादिङमा वर्षभरिका लागि कापीकलम बाँडियो उत्तरी धादिङको लापा गाविसस्थित तिम्ला बालविकास केन्द्रका विद्यार्थीलाई एक वर्षसम्म पुग्ने कापी कलम वितरण गरिएको छ । सदरमुकामबाट तीन दिनको पैदल दूरीमा रहेको तिम्ला माध्यमिक विद्यालयअन्तर्गतको तिम्ला बाल विकास केन्द्रका सबै विद्यार्थीलाई सिंगापुरका नागरिक वाङटिङ सनले रु ६० हजार बराबरको कापी कलम र खेलकुदका सामग्री उपलब्ध गराएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy