Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

समाजसेवा भनेपछि आँचल रियल लाइफमा पनि हुरुक्कै हुन्छिन्

\"\"काठमाडौं । एक पटक एउटा बालकले उनको मुखमै थुकिदिए । ती बालकलाई उनी खाना खुवाउँदै थिइन्, बच्चाले त उनकै मुखमा पर्नेगरी थुकिदिए ।
अर्का एक बालकलाई उनले शौचालय लैजाँदै थिइन् । ती बालकले उनकै कपडामा दिसा गरिदिए । केही समयअघि प्रदर्शित चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायिका आँचलले समाजसेवामा केन्द्रीत भूमिका निर्वाह गरेकी छन् । चलचित्रको पर्दामा मात्र होइन रहेछ, समाजसेवा भनेपछि आँचल रियल लाइफमा पनि हुरुक्कै हुन्छिन् ।‘यस्ता घटना त मैले धेरै भोगेकी छु । तैपनि, म यसमै रमाएकी छु,’ नायिका आँचल शर्मा भन्छिन् । सानैदेखि आँचलमा समाजसेवाप्रति रुची रहेछ । स्नातक तह प्रथम वर्षमा पढ्दा उनले आफूलाई सक्रिय समाजसेवामा होमिन् । र अध्ययन पनि सोही विषयमा अगाडि बढाइन् । काठमाडौं बानेश्वरस्थित ‘निःसहाय आश्रम’मा पनि काम गरिन् । वृद्धाश्रममा काम गर्दा आँचलले धेरै कुरा देखिन् र भोगिन् । धेरैलाई लाग्छ, छोराछोरीले हेला गरेपछि मात्र बाबुआमा वृद्धाश्रममा जाने गर्छन् । तर, कारण त्यति मात्र रहेनछ । छोराछोरी विदेशमै ‘सेटल’ भएपछि बाबुआमा उता जानुको साटो वृद्धाश्रमतिर लाग्ने गरेको पनि देखिन् । बुढाबुढी मात्र होइन, आँचलले धेरै बालबच्चाको पनि स्याहार गरेकी छन् । ‘बच्चाहरुको हेरचाह गर्दा म पनि बच्चा नै हुँ कि जस्तो लाग्छ,’ उनी भन्छिन् । मानसिक समस्या भएका बालबालिकाको स्याहार गर्दा भने उनले अलि भिन्न अनुभव गरेकी छन् । ‘ती बच्चाहरुलाई केही पनि थाहा हुँदैन । ट्वाइटेल भएको/नभएको पनि थाहा नहुने,’ उनी भन्छिन् । एकपटक आठ वर्षसम्म ननुहाएकी एक वृद्धालाई उनले नुहाइदिइन् । नुहाइदिँदा हातमा पञ्जा लगाउन नमिल्ने । तैपनि, उनले ती महिलालाई नुहाइदिइन् । ‘मलाई यस्तो काम गर्दा कहिले पनि दिक्क लागेन,’ उनी भन्छिन्, ‘मैले यही क्षेत्रमा करिअर अगाडि बढाउने सोचेकी छु ।’ चलचित्र ‘जोनी जेन्टलम्यान’मा काम गरेपछि भने उनले सामाजिक काममा त्यति समय दिन भ्याइरहेकी छैनन् । तर, उनी अब यसमै अगाडि बढ्न चाहन्छिन् । यसो भन्दैमा अहिले नै कुनै आश्रम खोल्ने या एनजीओ चलाउने उनको सोच भने होइन । ‘नायिका भएपछि पनि समाजसेवामा कुनै असर पर्नेछैन । झन्, हिरोइन भनेपछि बढी माया र साथ पाएकी छु,’ उनी भन्छिन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending