Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

आरुषि-हेमराज हत्याकाण्डः यो कस्तो कानून ?

[caption id=\"attachment_157537\" align=\"alignleft\" width=\"750\"]\"\" आरुषि[/caption] भारत । आरुषि हत्याकाण्ड भनेर चर्चित घटनामा आरुषिका आमाबुवालाई त्यहाँको एउटा उच्च अदालतले हालै निर्दोष ठहर गरेसँगै हत्यारा को थिए भन्ने प्रश्न फेरि उठ्न थालेको छ । सन् २००८ मा १४ वर्षीया आरुषि तलवार र उनको घरमा काम गर्ने नेपालका हेमराज बन्जाडेको हत्या भएको थियो । भारतीय सञ्चारमाध्यमले निकै महत्त्व दिने गरेको उक्त हत्याकाण्डका एक पीडित हेमराजलाई चाहिँ सधैँ उपेक्षा गरेको देखिन्छ । अर्घाखाँची जिल्लाको दुर्गम गाउँ धारापानीमा बस्ने हेमराजको परिवार भारतीय अदालतको पछिल्लो आदेशबाट निकै दुःखी बनेको छ । हेमराजको परिवारलाई अदालतको आदेशले न राहत दिएको छ न त कुनै आशा नै जगाएको छ । करिब ५० वर्ष पुगेकी हेमराजकी श्रीमती खुमकला बन्जाडेका लागि सुनसान घर र पतिको सम्झनाबाहेक अरु केही छैन । [caption id=\"attachment_157538\" align=\"alignleft\" width=\"660\"]\"\" हेमराजकी श्रीमती खुमकला बन्जाडे[/caption] करिब १० वर्षको हुँदा आफ्ना बुवा गुमाएका हेमराजका छोरा प्रज्वल अहिले १९ वर्षका भएका छन् । न्यायको नाममा आफूसँग मजाक भइरहेको खुमकलाको गुनासो छ । उनी प्रश्न गर्छिन्, \"के गरिबका लागि न्याय हुँदैन ? पैसा हुनेहरुले मात्रै न्याय पाउँछन् ?\" तलवार दम्पतीमाथि औंला तेर्स्याउँदै उनले जम्मा चारजना भएको परिवारमा दुईजना मारिनु र दुईजना जीवित रहनु शंकास्पद भएको बताइन् । पेशाले चिकित्सक रहेका राजेश तलवारकी छोरी आरुषि र उनको घरमा काम गर्दै आएका हेमराजको सन् २००८ को मे महिनामा नोएडास्थित घरमा हत्या भएको थियो । आरुषिको शव घरमै फेला पारिएको थियो भने हेमराजको शव छिमेकी घरको छतमा फेला पारिएको थियो । तलवार दम्पतीलाई आजीवन कारावासको सजाय सुनाउने सीबीआइ अदालतको निर्णय खारेज गर्ने उच्च अदालतको फैसलाप्रति खुमकलाले आपत्ति जनाएकी छन् । उनी प्रश्न गर्छिन्, \"भारतको कानून कस्तो हो ? के पैसा नभएकै कारण हामीले न्याय पाउन सक्दैनौँ ?\" [caption id=\"attachment_157539\" align=\"alignleft\" width=\"750\"]\"\" अर्घाखाँचीस्थित हेमराजको घर[/caption] भारतमा काम गर्न गएका आफ्ना श्रीमान् मारिएपछि अब आफूसँग केही बाँकी नरहेको खुमकला भन्छिन् । जसोतसो १२ कक्षासम्म पढेका छोरा प्रज्वल पढाईलाई अगाडि बढाउन घरको आर्थिक अवस्थाले नदिएपछि त्यत्तिकै घरमा बसेको उनी बताउँछिन् । खुमकलाका अनुसार ८० वर्ष नाघेकी उनकी सासु कृष्णकला घरको आर्थिक अवस्था कमजोर भएपछि माइती बस्न थालेकी छन् । [caption id=\"attachment_157540\" align=\"alignleft\" width=\"750\"]\"\" तलवार दम्पती[/caption] पछिल्लो फैसलापछि दिल्लीबाट विभिन्न सञ्चारमाध्यमले फोन गर्दा घाउमा नुन-चुक लगाएजस्तो भएको उनले गुनासो गरिन् । उनको कुरा सुन्दा लाग्छ न्याय पाउने आशा अब उनमा मरिसकेको छ र सँगसँगै सो घटनाको दोषी पत्ता लाग्ला भन्ने विश्वास पनि उनमा बाँकी छैन । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies