NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

रामलीला महोत्सवमा १८ लाख संकलन

बैतडी । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा रु १८ लाख दानस्वरुप संकलन भएको छ । असोज १५ गतेदेखि दशरथचन्द नगरपालिका–१ गुरुखोलामा महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिको आयोजनामा सञ्चालन भएको रामलीला महोत्सवमा उक्त रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । जसमा सबैभन्दा बढी वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले रु एक लाख २५ हजार दान गर्नुभएको छ । यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा, दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहरा र दशरथचन्द नगरपालिका–१ स्थित मुस्याचौर बजारका प्रतिष्ठित व्यापारी वीरेन्द्र भट्टले जनही ५१÷५१ हजार रकम दान गर्नुभएको रामलीला मूल आयोजक समितिका संयोजक भट्टले बताए । यसका साथै अन्य थप दानवीरबाट संकलित दान रकम गरी रु १८ लाख संकलन भएको बताइएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै जान थालेपछि मणिलेक मावि गुरुखोलामा पनि प्राविधिक शिक्षा सञ्चालनका लागि रामलिला महोत्सवको आयोजना गरिएको रामलीला मूल आयोजक समितिका संयोजक भट्टले बताए । उनले भने “संकलित रकमले आगामी वर्षदेखि प्राविधिक शिक्षा सञ्चालनका लागि जम्मा गरिनेछ ।” प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालयसँग आर्थिक स्रोत नहुँदा रामलीला महोत्सवको आयोजना गरी आर्थिक संकलन गरिएकोे हो । ‘धर्म, कला संस्कृति जगेर्ना तथा अध्यात्मिक क्षेत्रको विकास गर्दै प्राविधिक शिक्षालय स्थापनार्थ’ असोज १५ गतेदेखि शुरु भएको रामलीला महोत्सव असोज २९ गते सम्पन्न भएको हो ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page