Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अति प्रभावित गाँउहरुमा राहत र उद्धार त परै जाओस् शव उठाउने मान्छे समेत छैनन्

काठमाडौं, काठमाडौं बाहिरका बढी प्रभावित जिल्लामा राहत त परै जाओस् उद्दार समेत हुन नसकेको जानकारी सम्बन्धीत जिल्लाका प्रभावितहरुले दिएका छन् । काठमाडौं आसपासका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप र ओखलढुंगा, धादिङका केही भुभाग मुख्य प्रभावित क्षेत्रहरु हुन् । ति क्षेत्रहरुको अवस्थाका बारेमा आज तिन दिन बितिसक्दा समेत कुनै यकिन सुचना राजधानिसम्म आइनसकेको र सरकारका तर्फबाट उद्धार तथा राहतको कुनै पहल हुन नसकेको कुरा हाम्रा  स्थानिय संवाददाताहरुले् बताएका छन् । यि क्षेत्रहरुमा अवस्थित वस्तिभित्र अन्दाजी ५ प्रतिशत मात्रै घरहरु सग्ला रहेका छन् । बाँकी ९५ प्रतिशत घरहरुका भग्नावशेष मात्रै बाँकी छन् । पुरिएका मानिसहरुलाई निकाल्नका लागि गाँउमा पर्याप्त जनशक्ति समेत नभएको रामेछापका हाम्रा संवाददाताले बताए । रसुवा र सिन्धुपाल्चोक तथा गोरखामा करिब दर्जनचन्दा बढी गाँउहरु नै भुकम्पबाट आएको पहिरोले बगाएको तथा पुरिएका छन् । सरकारको राहत तथा उद्धार पुगेन सरकारले राहत तथा उद्धारको काम राजधानिमा मात्रै गरेको गुनासो ति क्षेत्रहरुको रहेको छ । गोरखाको बारपाकमा केही उद्धारको काम भएपनि बाँकी ठाउँहरुमा स्थानिय चौकीका प्रहरी तथा व्यारेकका सेना बाहेक राज्यको उपस्थिति छैन । मानिसहरु झरीका बिचमा बारीका पाटाहरुमा रातदिन कटाइरहेका छन् । साथै सेना र उद्धार नेताको पहुचमा हुन थालेकोमा समेत उनिहरुको गुनासो रहेको छ । नेताको भनसुन तथा पहुचका आधारमा उद्धारमा विभेद गरिएको कुरा सिन्धुपाल्चोक सेलाङका एक बासिन्दाले खबरडबलीलाई फोनमा बताए । बतास गाविस अन्तर्गत कालिका उच्च माविका शिक्षक डिल्ली सापकोटा भन्छन् ‘५ जनाको शव बोक्न २० जना मान्छे चाहिन्छ । काठमाडौंबाट स्थानिय युवाहरु नआइ शव उठाउन समेत सकिएन ।’ अधिकांश प्रभावित क्षेत्रमा काठमाडौं बसेका युवाहरु गाँउमा नपुग्न्जेल शव उठाउने तथा उद्धार हुने अवस्था छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: