Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

हल्लाको पछाडि नलाग्न सरकारको आग्रह

काठमाडौं, केही सामाजिक सञ्जालहरुमा भूकम्पका बारेमा आएका अफवाहले सम्पूर्ण नागरिक सडकमा आउँदा व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै सरकारले त्यस्ता भ्रमपूर्ण समाचारका पछाडि नलाग्न आग्रह गरेको छ । सरकारले काठमाडौँमा केही विदेशी सञ्चारमाध्यम र ज्यातिषको हवाला दिँदै पुनःठूलो भूकम्प आउन सक्छ भन्ने हल्लाले सर्वसाधारणहरु सडकमा निस्कँदा व्यवस्थापनमा चुनौती थपिएको बताएको छ । सिंहदरबारमा आज बसेको सचिवहरुको बैठकपछि मुख्यसचिव लीलामणि पौड्यालले ठूलो भूकम्पपछि स–साना धक्काहरु आउनु स्वभाविक भएको भन्दै त्यसप्रति सावधानी अपनाउन सबैलाई आग्रह गरे सरकारले आफ्नो क्षमताले भ्याएसम्म राहत तथा उद्धार कार्य युद्धस्तरमा काम गरिरहेको अवगत गराउँदै उनले सरकारले केही दिएन भन्नुभन्दा पनि सरकारका कामलाई प्रभावकारी बनाउन सबैले लाग्नुपर्ने बताए । भूकम्पबाट बढी प्रभावित सात जिल्लामा सरकारले १५ वटा हेलिकोप्टरबाट उद्धार तथा राहत सामग्री वितरण कार्य गरिरहेको जानकारी गराउँदै मुख्यसचिव पौड्यालले राजधानी बाहिरिने यात्रुहरुको चापलाई मध्यनजर गर्दै सहयोग गर्न यातायात व्यवसायीलाई समेत आग्रह गरे । सरकारलाई अहिले मुख्यगरी विस्थापितलाई व्यवस्थापन गर्न पालको आवश्यकता परेकाले मुलुकभरबाट पाल सङ्कलन गरिनुका साथै वैदेशिक सहायतामा पनि पाल सहयोगलाई प्राथमिकता दिएको छ । काठमाडौँ उपत्यकामा भत्केका संरचनाहरुमा जीवित व्यक्तिको उद्धारका लागि सरकारले विश्वकै उत्कृष्ट चीनको ‘सर्च एण्ड रेस्क्यू’ टोलीको सहयोगमा उद्धार कार्य जारी रहेको मुख्यसचिव पौड्यालले जानकारी दिए । सरकारले विदेशबाट राहत र उद्धारका लागि आउने स्वास्थ्य उपचारको टोलीमध्ये हाडजोर्नी तथा अत्यावश्यक सामग्रीसहितको टोलीलाई प्राथमिकतामा राखेको भन्दै उनले प्रभावकारी सूचना प्रवाहका लागि आजदेखि नै पैसा नलाग्ने दश थान टोल फ्री नम्बरको व्यवस्था गरेको जानकारी गराए । साथै सरकारले ‘एनइओसी अफिसियल ट्वीटर एकाउन्ट’ मार्फत सूचना प्रवाह र कसैले सहयोग गर्ने नगद तथा अन्य सामग्रीका लागि प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा गर्न आग्रह गरेको छ । राहत र उद्धारका लागि अहिले सबैभन्दा बढी पाल, सुख्खा खानेकुरा, ब्लाङ्केट, म्याट्रेस, औषधि र पानी फिल्टरको आवश्यकता रहेको बताउँदै उनले विदेशबाट आउने टोली र सहयोगको समन्वयका लागि समितिसमेत गठन भइसकेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy